Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई बुटवलमा सम्मान

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई बुटवलमा सम्मान

  • 888
    SHARES

  • नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई बुटवलमा सम्मान

    बुटवल,जेठ १ ।

    नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुलाई बुटवलमा सम्मान गरिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ तथा लुम्बिनी प्रदेशबाट महासंघमा निर्वाचित महासंघका कार्यसमिति सदस्यहरुलाई सम्मान गरिएको हो ।

    नेपाल उद्योग वाणिज्य महासंघमा लुम्बिनी प्रदेशबाट बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजू सहित जम्शेर अली, मोहन श्रेष्ठ, केशवप्रसाद भण्डारी, भिष्मप्रसाद न्यौपाने, किशोर आचार्य, अव्दुल वाहिद अन्सारी निर्वाचित निर्वाचित भएका थिए । सोमबाट बुटवलमा आयोजित संघको २९ औं परिषद सभामा उनीहरुलाई बुटवल उपमहानगरपािलकाका नगरप्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजू, वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले कदरपत्र सहित माला लगाएर सम्मान गरे।

    त्यसै अवसरमा लायन्स डिष्ट्रक गभर्नरमा निर्वाचित संघका सल्लाहकार पूर्वअध्यक्ष अर्जुनमान सैंजू, फष्ट भाईस डिष्ट्रिक गभर्नरमा निर्वाचित संघका सदस्य पुरुषोत्तमभक्त प्रधानाङ्ग र नेपाल प्रेस युनियन रुपन्देहीको अध्यक्षमा निर्वाचित संघका सञ्चार समन्वयकर्ता कविन्द्र नेपाललाई पनि सम्मान गरिएको थियो । त्यस्तै संघ अन्तरगत गठित बस्तुगत समितिका सभापतिहरुलाई पनि सम्मान गरिएको थियो ।

    सुझावको कार्यान्वयन होस् स् अध्यक्ष ढकाल
    कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको खस्किदो अर्थतन्त्र सुधार गर्नको लागि सबैले आफ्नो आफ्नो ठाउँबाट लाग्नु पर्ने भनाई राखे । उनले महासंघको तर्फबाट सरकार र नेपाल राष्ट्र बैंकलाई बजेट निर्माण तथा मौद्रिक नीतिको सुधारको लागि सुझाव दिएको र सोही अनुसार कार्यान्वयन गर्न पनि आग्रह गरे ।

    उनले महासंघमा नयाँ नेतृत्व आएपछि केही न केही सुधार भएको बताउँदै निजी क्षेत्रका समस्या समाधानको लागि महासंघ लागिरहेको जानकारी गराए। उनले बुटवल हरेक क्षेत्रमा सम्भावना बोकेको बताउँदै यहाँको व्यवसायमा संलग्न हुन खोजेको भनाई राखे। उनले आफ्नो व्यवसायमा सहयोग गर्न र त्यसका माध्यमबाट आफूहरुले पनि लाभ लिन यहाँका व्यवसायीलाई आग्रह गरे।

    बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्योगी व्यवसायीहरुलाई आफ्ना समस्या संगसंगै समाधानका कुराहरु पनि राखिदिन आग्रह गरे । उनले अहिलेको जल्दोबल्दो समस्या आर्थिक मन्दीलाई व्यवस्थापन गर्नको लागि भईरहेका खर्चमा कटौती गर्न आग्रह गरे । डाईवर्ट भईरहेको बुटवलको बजारलाई कसरी बचाईराख्ने भन्ने कुरामा यहाँका व्यवसायी संगै घरधनीहरुलाई सोच्न आग्रह गरे। उनले ज्योतीनगर पहिरो व्यवस्थापनको लागि संघीय सरकारले ध्यान नदिएको बताउँदै संघीय सरकारको ध्यानाकर्षण गराए।

    कार्यक्रममा बोल्दै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बुटवलको निर्माणाधिन सडक, आर्थिक मन्दी लगायतका कारण व्यापार व्यवसायमा गिरावट आई नगन्य अवस्थामा पुगेको भन्दै त्यसको सुधारका लागि तीनै तहका सरकारको ध्यानाकर्षण गराए । त्यस्तै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले निजी क्षेत्रको प्रवद्र्धन र विकास विना मुलुकको विकास हुन नसक्ने बताउँदै सरकारले निजी क्षेत्रको सहकार्य चाहेको भनाई राखे।

    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, संघका सल्लाहकार तथा पूर्व अध्यक्ष अर्जुनमान सैजू, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, फुड एण्ड वेभरेज बस्तुगत समितिका सभापति कृष्ण पाण्डे लगायतले भनाई राखे । संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठको धन्यवाद तथा महासचिव विमलराज भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology