Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सहकारी मार्फत घर-घरमा कौशी खेती 

सहकारी मार्फत घर-घरमा कौशी खेती 

  • 1.4K
    SHARES

  • सहकारी मार्फत घर-घरमा कौशी खेती 

    बुटवल,जेठ १ ।

    रुपन्देहीको तिलोत्तमा स्वास्थ्य  पोषण लागि  कृषि  कौशी खेती खेती अभियान सुरु भएको छ । घर घरमा  कौशी खेती गर्ने अभियानबाट तिलोत्तमा वार्ड नम्बर ५ मा रहेको परमानन्द बचत तथा ऋण सहकारी संस्थाबाट गर्दा स्थानीयसँग पुग्न सक्ने अपेक्षा गरिएको छ । 
    सहकारीले आज सोमबारदेखि आफ्ना शेयर सदस्यहरूको कृषि कौशी खेती सम्बन्धी दुई दिने निःशुल्क तालिम सुरु गरेको सहरकारीका अध्यक्ष  दुगा प्रसाद खरेलले बताए ।  

    उनले सहकारी मार्फत  कौशी खेती गर्दा स्वास्थ्य तरकारी तथा फलफूल स्थानीय खान पाउने तथा  कौशी खेती गर्दा  शारीरिक व्यायाम समेत हुने भएको सुरुमा आफ्नो सेयर सदस्यबाट सुरुबाट गरिएको बताए ।

    तिलोत्तमा वार्ड ५  का वार्ड अध्यक्ष रमेश डुम्रेले वार्डले  कौशी खेती प्रद्धवन गर्नको लागि  जैविक मल तथा अन्य उपकरणमा  सहयोग गर्ने बताए ।  उक्त सहकारी तिलोत्तमा नगरपालिका वार्ड ५,६,१,४ धेरै सदस्य रहेका छन् । भने हालै कार्यक्षेत्र विस्तार गरेर बुटवल उपमहानगरपालिका पनि सदस्यहरू थप्ने काम भइरहेको सहकारीका व्यवस्थापक  दीपक थापाले बताए ।

    घर घरमा  कौशी खेती अभियन्ता तथा लुम्बिनी प्रदेश योजना आयोगका पूर्व सदस्य डा दामोदर भुसालले कौशी खेती गर्दा पोषणमा सुधार हुने भएको राज्यले थप पहल  गर्नुपर्ने बताए । उनले नेपालमा रासायनिक मल उद्योग स्थापना गर्ने नाममा धेरै खर्च भएकोले अव जैविक मल उत्पादनमा जोड दिनुपर्ने बताए ।

    उनले विषाक्त युक्त खानाका कारणले नेपालमा धेरै नसर्ने खालमा रोगहरू वृद्धि भएकोले  कौशी खेती गर्दा स्वस्थ तरकारी खाँदा रोगबाट बच्नेदेखि आर्थिक रुपा लाभ लिन सकिन भएको सबै यो अभियानमा जोडिनुपर्ने बताए ।तालिममा डा भुसाल,कृषि ज्ञान केन्द्र रुपन्देहीका  प्राविधिक जीवन ज्ञवालीले सहकारी सदस्यहरूलाई  कौशी खेती गर्ने विधिको बारेमा सहजीकरण गरेका थिए ।

    कार्यक्रम  सहकारीका  शिक्षा उप समिति संयोजक  निर्वमान अध्यक्ष तथा शिक्षा  समितिले संयोजक गिरिराज पाठक ,सदस्य बुद्ध प्रसाद पन्थ ,दुर्गा खरेल,सल्लाहकार राज कुमार पाण्डे लगायत बोल्दै  कौशी खेतीले स्वास्थ्य राख्ने सगै आर्थिक रूपमा समेत मद्दत गर्नेमा जोड दिएका थिए ।damodar.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology