Logo बिहिवार, आश्विन १ गते २०८३
images

बर्दियामा टिपर र कार ठोक्किँदा दुई जनाको मृत्यु,तीन घाइते

बर्दियामा टिपर र कार ठोक्किँदा दुई जनाको मृत्यु,तीन घाइते

  • 2.4K
    SHARES

  • बर्दियामा टिपर र कार ठोक्किँदा दुई जनाको मृत्यु,तीन घाइते

    बुटवल, मंसिर १९-

    बर्दियामा टिपर र कार ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।  मधुवन नगरपालिका-४ ढोढरीस्थित सडकखण्डमा दुर्घटना भएको हो। पूर्वतर्फ आउँदै गरेको ना ८ ख ३१४ नम्बरको टिपरले पश्चिम जाँदै गरेको ना १६ च २४५३ नम्बरको कारलाई ठक्कर दिएको हो। 

    ठक्कर दिँदा कारमा सवार दुई जनाको मृत्यु भएको प्रहरी उपरीक्षक केदार रजौडेले बताए।  मृत्यु हुनेमा गुलहरिया नगरपालिकाका २४ वर्षीय सुरेन्द्र गोडिया र १८ वर्षीय निधि सुनार छन्। 

    अन्य तीन जना घाइते समेत भएका छन्। उनीहरूको उपचारका लागि नेपालगन्ज रिफर गरिएको प्रहरी उपरीक्षक रजौडेले बताए। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology