बुटवल, १८ मंसिर ।
कालिका भूतपूर्व विद्यार्थी समाजले कक्षा ११ र १२ को बोर्ड परीक्षामा कोभिड–१९ संक्रमण रोकथामको लागि स्वास्थ्य परीक्षण शिविर राखेको छ । स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै मंसिर ९ गते देखि १७ गतेसम्म शिविर राखिएको हो ।
समाजका अध्यक्ष लक्ष्मण क्षेत्रीले पुर्व विद्यार्थीहरुलाई एकतावद्ध गरी विविध रचनात्मक काममा अग्रसर गराउने आफुहरु लागेको बताए । विद्यालयसंग सहकार्य गरी विद्यालय एवं विद्यार्थीको हकहितको लागि थप कार्यक्रम गरिने उनले बताए ।
बुधबार समापन कार्यक्रममा बोल्दै कालिका मानवज्ञान माध्यमिक विद्यालयका निमित्त प्रअ बिष्णुहरी ज्ञवाली, सहायक प्रअलोकराज घिमिरे, विज्ञान विषय इञ्चार्ज कृष्ण अधिकारी, टेक्निकल इञ्चार्ज अरबिन्द दुबे, समाजका उपाध्यक्ष श्याम सापकोटा, महासचिव नरेन्द्र पौडेल, कार्यक्रम संयोजक समाजका सदस्य लक्ष्मण प्रसाद गैरे र सदस्य बुद्धि चौधरीले विद्यालयले समय र माग अनुसार अगाडि बढ्नुपर्ने बताए।
स्वास्थ्य परीक्षणमा स्वास्थ्यकर्मीहरु विनोद गौतम, मनोज पुन, चोकलाल सापकोटाले सहयोग गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)