Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई चार दिन थुनामा राख्न अदालतको अनुमति

पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई चार दिन थुनामा राख्न अदालतको अनुमति

  • 1.4K
    SHARES

  • पूर्व गृहमन्त्री  बालकृष्ण खाणलाई चार दिन थुनामा राख्न अदालतको अनुमति

    काठमाडौँ,वैसाख २७।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई चार दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

    आज बुधवार खाणलाई म्याद थपका लागि जिल्ला अदालत काठमाण्डौ लगेकोमा अदालतले चार दिन म्याद थपको अनुमति दिएको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि भन्दै खाण र उहाँका निजी सचिव नरेन्द्र केसीलाई आज बिहान निवासबाटै पक्राउ गरेको हो ।

    यो प्रकरणमा समातिएकाहरूले खाणकी पत्नी मञ्जुलाई छ करोड रुपैयाँ बुझाएको अडियो बाहिरिएको थियो । त्यो अडियोमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् एमाले सचिव टोपबहादुर रायमाझी भने फरार हुनुहुन्छ ।

    प्रहरीले यसअघि सचिव टेकनारायण पाण्डे, टोपबहादुर रायमाझीका छोरा सन्दीप, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङसहित १० जनालाई पक्राउ गरिसकेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology