पाल्पा, बैशाख २६ ।
पाल्पाको रानीमहलमा हुने राष्ट्रिय पुरुष वीच भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक सञ्जय मेमोरियल प्रतिष्ठान र जिल्ला भलिबल संघ पाल्पाले मंगलबार तानसेनमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ ।
बैशाख २८ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ प्रदेश, तीन विभागीय टिम र आयोजक गरि १० टिमको सहभागीता रहने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । प्रतियोगितामा सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी, गण्डकी, मधेश, बागमती प्रदेश, एपीएफ, आर्मी, पुलिस र सह–आयोजक पाल्पा जिल्ला भलिबल संघको टिम सहभागी हुनेछन् ।
लिग र नकआउट आधारमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन बैशाख २८ गते दिउँसो १ बजे हुने फाउन्डेसनकी अध्यक्ष निरोज मास्केले जानकारी दिईन् । उनले बिहीबार साँझसम्म प्रतियोगितामा सहभागी हुने सम्पुर्ण टिम र अफिसियल तानसेन आईपुग्ने उल्लेख गरिन् । उनले खेलकुदमार्फत यस क्षेत्रको पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यमा सबैको साथको अपिल समेत गरिन् ।
प्रतियोगिताको विजेता टिमले १ लख ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल प्राप्त गर्नेछ । उपविजेता टिमले १ लाख रुपैयाँ सहित ट्रफी, मेडल, तेस्रो हुने टिमले ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र सानत्वना हुने टिमले २५ हजार रुपैयाँ प्राप्त गर्ने सह आयोजक पाल्पा भलिबल संघका महासचिव कृष्ण आलेले जानकारी गराए ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका सचिव यज्ञमुर्ति तिमिल्सेना, नेपाल खेलकुद पत्रकार मंच जिल्ला समन्वय शाखा अध्यक्ष माधव अर्याल, प्रेस चौतारी नेपाल पाल्पाका अध्यक्ष कृष्ण कार्की, आदिवासी जनजाति पत्रकार महासंघका देव पचभैया, सनराईज टेलिभिजनका सन्तोष बस्याल लगायतले पाल्पामा हुने राष्ट्रिय प्रतियोगितालाई सबैको साथमा सफलतापूर्वक सम्पन्न गर्नुपर्नेमा जोडदिएका थिए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोग र नेपाल भलिबल संघबाट स्वीकृतिमा आयोजित प्रतियोगिता नेपालको वीच भलिबलको विकास र पाल्पाको ऐतिहासिक दरबार क्षेत्र रानीमहलको प्रबद्र्धन गर्ने उद्धेश्यका साथ सञ्चालन गरिएको सञ्जय मेमोरियल प्रतिष्ठानका सचिव हिम बिक्रम केसीले जानकारी गराए ।
प्रतियोगितामा जनसहभागीता बढाउन अन्तिम दिन बैशाख ३० गते बिहान रानीमहल दौडको समेत आयोजना गरिने भएको छ । तानसेनको कैलाशनगरदेखि रानीमहलसम्मको १३ किलोमिटर दौडलाई प्रतियोगिताका रुपमा गरिएको छ । सञ्जय मेमोरियल प्रतिष्ठानले पुरस्कारको व्यवस्थासमेत गरेकाले सहभागी हुनसमेत आग्रह गरिएको छ ।
दौडमा पाल्पाका स्थानीय सहित विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागीता रहने सह आयोजक पाल्पा भलिबल संघले जनाएको छ । दौडमा पहिलो हुनेलाई १०, दोस्रोलाई ७, तेस्रोलाई ५, सान्तवना ३ र २ हजार रुपैया“ पाउने सञ्जय मेमोरियल फाउण्डेशनकी अध्यक्ष मास्केले जानकारी दिइन् । निःशुल्क दर्ता गर्न पाइने र सहभागीले टिसर्ट पाउनेछन
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)