बुटवल,वैसाख २४ ।
लुम्बिनी प्रदेश सरकारका मन्त्री सन्तोष पाण्डेले जनताका स–साना मुद्धाहरु उठाउन आग्रह गर्नुभएको छ । उहाँले समाज रुपान्तरणका लागि जनताका एजेण्डामा सरकारलाइ दृष्टि पुर्याउने र सरकारका नीति जनतालाइ बुझाउने गरि कलम चलाउन पत्रकारलाइ आग्रह गर्नुभयो ।
गोरखापत्र प्रकाशनको १२३ ओैं बर्ष प्रवेश तथा संस्थानको ६१ ओैं बार्षिकोत्सव विशेष समारोह कार्यक्रम २०८० को बुटवलमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै जनता समाजवादी पार्टीका नेता समेत रहनुभएका बिनाबिभागिय मन्त्री पाण्डेले गोरखापत्रले जनताका मुद्धा बोक्नुपर्ने उल्लेख गर्नुभयो ।
मन्त्री पाण्डेले भन्नुभयो–‘यसमा सरकारको छायाँ नपारौं, सत्य तथ्य समाचार निर्धक्क लेखौँ,नेपालको सिंगो इतिहास बोकेको गोरखापत्रको थप ब्राण्डिङ गर्न जरुरी छ ।’
उहाँले जनताको पक्षमा कलम चलाउने पत्रकारहरुको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।‘गोरखापत्र संस्थान नै संघीय सरकार मातहतको हो,यसमा काम गर्नेहरु सबैको सुरक्षा जरुरी छ ,सरकारले थप ध्यान दिनुपर्छ ।’उहाँको भनाइ छ ।
उहाँले लुम्बिनीको एक चिम्टी माटोको पनि बिदेशी पर्यटकले महंगो डलरमा किन्ने भन्दै अब लुम्बिनी आउने पर्यटकलाइ यहाँको माटो ,बुद्धको तस्वीर,बुद्ध अंकित टोपीसंगसंगै बेच्नुपर्ने धारणा राख्नुभयो । यसो भएमा आर्थिक समृद्धि हुने मनत्री पाण्डेको भनाइ छ ।
नेपालीले भारतमा पुगेर एक बोतल जल बोकेर आउने गरेको स्मरण गर्दै संसारभरका बौद्ध मार्गीलाइ लुम्बिनीको एकचिम्टी माटो पनि प्रसाद हुने धारणा राख्नुभयो । सो अवसरमा बोल्दै पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोखरेल पत्रकारिता नेताका भजन गाउने साधन बन्न थालेको प्रति चिन्ता ब्यक्त गर्नुभयो । उहाँले राज्यले पत्रकारको पेशागत सुरक्षाको ग्यारेन्टी गर्न आग्रह गर्नुभयो ।
उहाँले अब राजनीतिक कुरामात्र गरे,जनताले लखेट्ने अवस्था आउन सक्ने चेतावनी दिनुभयो ।उहाँले नेपालमा पर्यटन क्षेत्रको बिकासका लागि राज्यले आधार तयार गरिदिनुपर्ने बताउनुभयो ।गण्डकी प्रदेशको पर्यटन बिकास लोभलाग्दो भएको चर्चा गर्दै उहाँले लुम्बिनीमा अथाह सम्भावना भएर पनि यथेष्ट काम हुन नसकेको गुनासो गर्नुभयो ।
पर्यटन ब्यवसायी माधव नेपालले राज्यले पत्रकारको सुरक्षा गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले मुलुकको आर्थिक समृद्धिका लागि सबै लाग्नुपर्ने बताउनुभयो । देशमा आर्थिक समृद्धि ल्याउन गोरखापत्रले अहम भुमिका खेल्नुपर्ने उहाँको तर्क छ ।
नेपाल पत्रकार महासंघ रूपन्देहीका निवर्तमान अध्यक्ष यानेन्द्र जिसीले गोरखापत्रको ईतिहास जोगाउने दायित्व सरकारको रहेको भन्दै यसको संचालक भने जनता नै रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो–‘पत्रिकाले खबरदारी र निगरानी गरोस्, सेल्फ सेन्सरसीपमा छौँ,मिडियामा सरकारको छाया नपारौं, कसैको ईन्ट्रेष्टमा समाचार नबनोस्,समाचार ब्रेक गर्नसक्नुपर्छ ,सरकारलाई खबरदारी गरोस् ।’
बुटवल उद्योग बाणिज्य संघका महासचिव बिमलराज भट्टराई १९५८ देखि सहिदिशानिर्देशका लागि पत्रकारिता गरिरहेको भन्दै गोरखापत्रको प्रशंसा गर्नुभयो ।उहाँले ,कृषि ,पर्यटन आर्थिक समृद्धिको आधार भएको भन्दै किसानका उत्पादन बेच्ने वातावरण सरकारले बनाउनुपर्ने बताउनुभयो ।
नाट्टा लुम्बिनीका अध्यक्ष रचना पन्तले गोरखापत्रको बिश्वसनियता अरुको भन्दा बढि र ,आधिकारिकता रहेको उल्लेख गर्नुभयो ।उहाँले पर्यटन नै बिकासको आधार रहेको बताउनुभयो ।
रूपन्देही उद्योग संघ रूपन्देहीका अध्यक्ष माधव पौडेल गोरखापत्रले जनमानसको बिश्वास जित्नुपर्ने भन्दै अब आर्थिक क्षेत्रलाई जोड दिन आग्रह गर्नुभयो ,
होटल ब्यवसायी पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डेले ओेझेलमा परेका र कि,खोजमुलक समाचारको अपेक्षा गरेको बताउनुभयो ।
गोरखापत्रको बुटवल स्थित लुम्बिनी प्रदेश स्तरीय कार्यालयका प्रमुख हरि सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा समाचारदाता छवि पाण्डेले स्वागत तथा संचालन भने प्रदेश संयोजक भुवन कार्कीले गर्नुभएको थियो ।
समाचारदाता छवि पाण्डे सम्मानित :
गोरखापत्रका बुटवल समाचारदाता छवि पाण्डे सम्मानित हुनुभएको छ । गोरखापत्र प्रकाशनको १२३ ओैं बर्ष प्रवेश तथा संस्थानको ६१ ओैं बार्षिकोत्सव विशेष समारोह कार्यक्रम २०८० को बुटवलमा आयोजित कार्यक्रममा करिब ३ दशकदेखी पत्रिकामा कार्यरत पाण्डेलाइ कामको कदर स्वरुप दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
पाण्डेलाइ लुम्बिनी प्रदेश सरकारका मन्त्री सन्तोष पाण्डे, गोरखापत्रको बुटवल स्थित लुम्बिनी प्रदेश स्तरीय कार्यालयका प्रमुख हरि सुवेदी,प्रदेश संयोजक भुवन कार्की लगायले सम्मान गर्नुभएको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)