Logo बिहिवार, आश्विन १ गते २०८३
images

संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदै

संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदै

  • 1.4K
    SHARES

  • संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदै

    बुटवल,बैशाख २४ । 

    संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार दिउँसो ४ बजेका लागि बजेट अधिवेशन आव्हान गर्नुभएको छ ।

    राष्ट्रपति पौडेलले संसदको अधिवेशन आह्वान गरेअनुसार दुवै सदनको बैठक बस्न लागेको संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिनुभयो । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको उहाँले बताउनुभयो ।

    आगामी जेठ १५ गते आउने आर्थिक वर्ष २०८०-०८१ को वार्षिक बजेट तथा त्यसअघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल हुनेछ । यसअघि हिउँदे अधिवेशन वैशाख १५ गते अन्त्य भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology