Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तिलाेत्तमाका ४२ जना शिक्षकलाई कलामार्फत् शिक्षण विकास

तिलाेत्तमाका ४२ जना शिक्षकलाई कलामार्फत् शिक्षण विकास

  • 1.7K
    SHARES

  • तिलाेत्तमाका ४२ जना शिक्षकलाई कलामार्फत् शिक्षण विकास

    बुटवल,बैशाख २३ । 

    तिलोत्तमा नगरपालिकामा रहेका सामुदायिक बिद्यालयका शिक्षकलाई एक हप्ते सामाजिक तथा सिर्जनात्मक कला शिक्षण सुरु गरिएको छ । शिक्षक शिविरमा लोकबाजा, लोक गीत तथा चित्रकला सम्बन्धी आधारभूत सीपमा आधारित प्रशिक्षण हुनेछ।

    आधुनिक प्रविधिको विकाससँगै बालबालिकामा शैक्षिक सिकाई कमजोर भएको भन्दै शिक्षकलाई कलामार्फत् शिक्षण विकास गराउन थालिएको हो। तिलोत्तमा नगरपालिकाको आयोजनामा साधना सांस्कृतिक कला केन्द्रको व्यवस्थापनमा नगरभित्र रहेका सामुदायिक विद्यालयका शिक्षकलाई कलासंस्कृतिलाई शैक्षिक पाठ्यक्रमसँग जोड्ने गरी तालिम सुरु गरिएको साधना सांस्कृतिक कला केन्द्रका व्यवस्थापक प्रियंका थापाले जानकारी दिनुभयो।

    कार्यक्रमबाट कलासंस्कृतिको संरक्षणसँगै शिक्षक, विद्यार्थीलाई सिकाईमा सहयोग मिल्ने उहाकोे दाबी छ। तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरीदेवि चौधरीले सहभागी शिक्षकलाई मादल हस्तान्तरण गर्दै तालिमको शुभारम्भ गर्नुभयो। 

    कार्यक्रममा ज्ञानगंगा पाठशालाका प्राचार्य चन्द्र अधिकारीले विद्यालयमा भाषालाई जटिल बनाउने काम गर्दा बालबालिकामा सिकाई क्षमता घट्दै गएको बताउनुभयो। तालिममा लोक नृत्य अनुसन्धानकर्ता राम थापा, राष्ट्रिय नाचघरका निवर्तमान महाप्रबन्धक राजेश थापाले सहजिकरण गर्नुभएको छ। नृत्यमा अनु रजक, मुकेश गुरुङ, प्रितम राना र रोशन गुरुङले चित्रकला, गायन र बाद्यवादन इन्द्रबहादुर विश्वकर्मा, हिमाल थापा, पुनम थापाले पाठ्यक्रममा आधारित शिक्षकलाई ७ दिनको तालिम दिनुहुनेछ। तिलोत्तमा नगरपालिकाका ४२ विद्यालयका शिक्षक सहभागी छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology