Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी झकिझकाउ पारेर मनाइयो २५६७ औँ बुद्धजयन्ती (फोटोफिचर)

लुम्बिनी झकिझकाउ पारेर मनाइयो २५६७ औँ बुद्धजयन्ती (फोटोफिचर)

  • 1.5K
    SHARES

  • लुम्बिनी झकिझकाउ पारेर मनाइयो २५६७ औँ बुद्धजयन्ती (फोटोफिचर)

    बुटवल,वैशाख २२ । 

    बुद्ध जन्मस्थल लुम्बिनी बेहुली झैँ सिँगारेर २५६७ औँ बुद्धजयन्ती एवं लुम्बिनी दिवस मनाइएको छ । लुम्बिनीलाइ चिरिच्याट्ट पारिएको हो । अघिपछि भन्दा रंगरोगन र ध्वजापताकाका कारण लुम्बिनीको रुप बदलिएको हो ।

    बुद्धजयन्ती मनाउन यहाँ स्वदेश तथा विदेशबाट भिक्षु, भिक्षुणी, उपासक, उपासिका,अनुयायीहरुको बाक्लो सहभागिता रहेको छ ।मायादेवी जाने गेट भने  धमाधम निर्माणको चरणमा छ । शुक्रबार बिहानै शान्ति ¥याली निकालिएको थियो ।

    संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले शान्ति ¥यालीको शुभारम्भ गर्नुभयो भने लुम्बिनी मायादेवी मन्दिर परिसर हुँदै शान्तिदीप, केन्द्रीय नहर हुँदै विभिन्न झाँकीसहित सम्मेलन केन्द्रसम्म ¥याली गरिएको हो । मूल समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभयो ।prachanda.jpg
    सो अबसरमा बोल्दै उहाँले मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि बुद्धले गरेको त्याग, लिनुभएको विचार र अभ्यास नेपालीका लागि विशेष ऐतिहासिक गौरवका विषय भएको उल्लेख गर्नुभयो ।buddha jayanti lumbini (8).jpg
    समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सांसदसहित कूटनीतिक नियोग, विदेशी पाहुनाहरूको समेत सहभागिता रहेको सदस्य सचिव सानुराजा शाक्यले बताउनुभयो ।

    शुक्रबार नै बुद्धको अस्तुधातु रहेको नवलारासीको रामग्रामममा अस्तुधातु यात्रा भएको छ । पण्डितपुरदेखि रामग्रामसम्म अस्तुधातु यात्रा गरी बुद्धजयन्ती विशेष समारोहको आयोजना गरिने कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताउनुभयो । ५ हजार जना अट्ने क्षमता रहेको सभाहलमा आयोजित मूल कार्यक्रममा भने सहभागिको संख्या न्यून रहेको थियो । पछाडिका कुर्सीहरु भने खाली नै थिए । बढ्दो गर्मीका कारण संख्या घटेको अनुमान गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology