बुटवल,मंसिर १८-
एनएमबि बैंकले ‘बैंक अफ द इयर २०२०” अवार्ड पाएको छ। सो सम्मान बैंकले विगत चार वर्षमा तेस्रो पटक प्राप्त गरेको हो।
द फाइनान्सियल टाइम्स् लण्डनले वर्ष २०२० का लागि एनएमबि बैंक छनाेट गरेको हो। बैंकले आफूलाई सबल तथा मजबुत बनाउन आफ्नो वासलातलाई सन्तुलित आकारमा विस्तार गर्दै देशका विभिन्न शहर तथा ग्रामिण भेगमा शाखा सञ्चालन गरेको छ।
१२ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदानगर्दै आइरहेको छ। बैंकले नवीकरणीय उर्जा, कृषि, साना तथा मझौला व्यवसायहरुमा उल्लेख्य कर्जा लगानी गर्दै आएको छ।
बैंकले एक विज्ञप्ति जारी गर्दै भनेको छ- ‘विश्व समुदायनै कोभिड१९ को महामारीबाट गुज्रिरहेको यस कठिन घडीमा पाएको यो बैंक अफ दि इयरको सम्मान हाम्रा कर्मचारीहरुले देखाएको अदम्य साहस, त्याग, कडा परिश्रम, कामप्रतिको समर्पण, दिगो व्यवसाय विस्तारप्रतिको ऐक्यवद्धताका साथै यस बैंकको सञ्चालक समितिको निर्देशन तथा सम्पूर्ण सरोकारवालाहरुको अनवरत सहयोगको प्रतिफल हो।’
एनएमबि बैंकले फरक मूलधारको बैंकमा स्थापना हुन गरेका रणनैतिक साझेदारी, उत्तरदायी निर्णय, कोभिड१९ ले असर पारेको वित्त क्षेत्रमा ग्राहकहरुको वित्तीय अधिकार एवं निर्बाध सेवा उपभोग गर्न पाउने अधिकार सुनिश्चितगर्न बैंकिङ्ग क्षेत्रमै उदाहरणीय डिजिटल प्लाटफर्ममाआधारित विभिन्न सेवाहरुको प्रारम्भ तथायस असहज परिस्थितिमा सामाजीक उत्थान एवं स्वास्थय सुरक्षाका लागि गरेको अनेकन योगदान तथा प्रयासहरु नै यस बैंकको सफलताका कारकहरु रहेको बैंकले जनाएको छ ।
बैंकले आफूलाई सबल तथा मजबुत बनाउन आफ्नो वासलातलाई सन्तुलित आकारमा विस्तार गर्दै देशका विभिन्न शहर तथा ग्रामिण भेगहरुमा शाखा सञ्चालन गरी १२ लाखभन्दा बढी ग्राहकहरुलाई गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । यसै क्रममा बैंकले आफ्नो कर्जा लगानीलाई प्राथमिक क्षेत्रहरु जस्तै नवीकरणीय उर्जा, कृषि, साना तथा मझौला व्यवसायहरुमा उल्लेख्य वृद्घिगर्दै नेपालको आर्थिक उन्नतिको सहयात्री बनी आफूलाई फरक मूलधारको बैंकको रुपमा स्थापना गर्न सफल भएको छ ।
जसकारण बैंकलाई अन्तर्राष्ट्रिय संस्था पार्टनरशिप फर कार्वन अकाउन्टिङ फाइनान्सियलको स्टिअरिङ्ग कमिटिको सदस्य बैंकको रुपमा एबीएल एएमआरओ, मोर्गन एटेन्ली जस्ता संसारकै उत्कृष्ट बैंकहरुका साथ साझा एजेन्डामा काम गर्ने मौका प्राप्त भएको छ । बैंकले नेपालमा वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन नीति लागू गर्न अग्रणी भूमिका निर्वाह गरिरहेको जानकारी दिएको छ ।
एनएमबि बैंक ग्लोबल एलाएन्स फर बैकिङ अन भ्यालुज जीएबीभीको नेपालमा एक मात्रै “क”वर्गको सदस्य वाणिज्य बैंकको रुपमा रहनुका साथै नेपालमा दीगो मूल्य मान्यतामा आधारित बैंकिङ्ग सेवाको प्रवर्धनमा लागि परेको बैंकले जनाएको छ ।
यी समाचार पनि :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)