Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सङ्घीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २४ गतेका लागि आह्वान

सङ्घीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २४ गतेका लागि आह्वान

  • 1.4K
    SHARES

  • सङ्घीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २४ गतेका लागि आह्वान

    काठमाडौँ, वैशाख २१।

    राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २४ गतेका लागि आह्वान गर्नुभएको छ । संसद्को हिउँदे अधिवेशन गत वैशाख १५ शुक्रबार मध्यरातिदेखि अन्त्य भएको थियो । 

    राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गर्नुभएको हो । सरकारले बजेट अधिवेशन आह्वानका लागि बुधबार राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । 

    सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले राष्ट्रपति पौडेलले वैशाख २४ गते आइतबारका दिन ४ बजे अधिवेशन आह्वान गर्नुभएको उल्लेख गर्दै अधिवेशन आह्वान भएबमोजिम नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दुवै सदनका सदस्यलाई उपस्थितिका लागि आग्रह गर्नुभएको छ ।

    संसद्को बजेट अधिवेशनमा राष्ट्रपति रामचन्द्र पौडेलले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने छ। आगामी अधिवेशनमा नै बजेटपूर्व छलफल हुनुका साथै अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्नुहुनेछ। हिउँदे अधिवेशनबाट आएका तथा नयाँ विधेयकसमेत बजेट अधिवेशनमा प्रस्तुत हुनेछन्। 

    यसैबीच राष्ट्रपति पौडेलले बुधबार नै मुलुकी संहितासम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गर्नुभएको छ। उक्त अध्यादेश मिटरब्याजी समस्या समाधानका लागि जारी गरिएको हो। आगामी अधिवेशनमा सो अध्यादेशसमेत पारित गर्ने सरकारको तयारी छ। 

    मन्त्रीपरिषद्को मङ्गलबार बसेको बैठकले ब्याजपीडितको समस्या समाधान गर्न कानुनी रूप दिन अध्यादेश पठाउने निर्णय गरेको थियो। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology