Logo बिहिवार, आश्विन १ गते २०८३
images

२५६७ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवसको तयारी पूरा,प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

२५६७ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवसको तयारी पूरा,प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

  • 1.3K
    SHARES

  • २५६७ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवसको तयारी पूरा,प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

    बुटवल,वैसाख २० । 

    २५६७ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस २०८० को तयारी पुरा भएको छ । मूल समारोहको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही वैशाख २२ गते उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रमबारे लुम्बिनी विकास कोषले बुद्धजन्म स्थलमा बुधबार पत्रकार सम्मेलन गरि कार्यक्रमको तयारी पूरा भएको जनाएको छ  ।

    अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा २५६७ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस विशेष समारोह हुने यस वर्षको बुद्ध पूर्णिमाको दिनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र लुम्बिनी विकास कोषले विशेष समारोहका साथ मनाउन मूल आयोजक समिति, त्यस अन्तर्गत मूल ब्यवस्थापन समिति र विभिन्न उप–समितिहरु गठन गरी तयारी गरेको सदस्य सचिव सानुराजा शाक्यले बताउनुभयो । यसका लागि एक करोड बजेट छुट्टाइएको उहाँको भनाइ छ ।

    लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रचार प्रसार उपसमिति संयोजक ढुण्डिराज भट्टराई (सिद्धिचरण) का अनुसार वैशाख १९ गते देवदहमा देवदह सुत्त र तीन बौद्ध नारी बिभुति परिचर्चा प्रवचन कार्यक्रम, वैशाख २१ गते बिहान दीप प्रज्वलन, महापरित्राण, २२ गते बुद्ध पूर्णिमाको दिन बिहान पुजा पाठ, शोभा यात्रा, बिहान ९ बजे देखि ११ बजे दुई घण्टासम्म बुद्ध जयन्तीको मूल कार्यक्रम आयोजना हुनेछ ।  

    त्यस्तैगरि बैशाख २२ गते पाण्डितपुरदेखि रामग्राम अस्थिधातु यात्रा, २३ गते बिहान ८ बजे लुम्बिनीबाट कपिलवस्तु सम्म बोधिसत्व सिद्धार्थको शोभा यात्रा, बिहान ११ बजे कपिलवस्तु तिलौराकोटमा विशेष समारोह हुने भट्टराईले बताउनुभयो । २५६७ औं बुुद्धजयन्ती एवम् लुम्बिनी दिवसलाई विगतमा जस्तै गरि महत्वपूूर्ण उत्सवका रुपमा मनाउने कोषको भनाइ छ ।

    लुम्बिनी विकास कोषका सूचना शाखा प्रमुख डा. हरिध्वज राईले गत वर्ष भन्दा यस वर्ष ५१.८६ प्रतिशतले लुम्बिनी आउने पर्यटकको संख्यामा वृद्धि भएको बताउनुभयो ।लुम्बिनीमा गत वर्ष भारतीय प्रधानमन्त्री महामहिम नरेन्द्र मोदीको उपस्थितीमा बुद्धजयन्तीलाई भव्य रुपमा मनाएपछि बुद्धजन्मस्थल लुम्बिनीमा पर्यटकहरुको आवागमन समेत क्रमश बृद्धि हुँदै गइरहेको कोषका प्रेस सल्लाहकार बिनोद परियारले बताउनुभयो । 

    lumbini press meet.jpg
    करिब ५ हजार जना सहभागि हुने :

    भगवान शाक्यमुुनी बुद्ध ई.पूू.६२३ मा लुम्बिनीको सुुन्दर र पवित्र बगैचामा माता मायादेवीको कोखबाट बैशाख शुक्लपूूर्णिमाका दिन भएको थियो भने बुद्धको जन्म, वोधिज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रियोग परेको दिन अर्थात वैशाख पूर्णिमाको दिनलाई लुम्बिनी विकास कोषले बिशेष महत्वका साथ बुद्ध जयन्ती एंव लुम्बिनी दिवसका रुपमा मनाउँदै आएको छ ।

    बैशाख २२ गते हुने मूल कार्यक्रममा प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ , लुम्बिनी विकास कोषका अध्यक्ष एंव संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराती, मुुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रतिनिधिसभकाका सांसदहरु, प्रदेशसभा सदस्यहरु, स्थानीय सरकारका प्रम्ुख सहित उच्चस्तरीय पदाधिकारी, कुुटनितिक नियोग,विदेशी पाहुनाहरुको समेत सहभागिता रहनेछ । सो कार्यक्रममा सहभागिताका लागि ३ हजार ५ सय वटा  निमन्त्रणा कार्ड छापेर निम्तो पठाइएको र करिब ५ हजार जना सहभागि हुने अनुमान गरिएको छ ।

    बुद्धजयन्तीको भोलीपल्ट मायाँदेवीले बोधिसत्व सिद्धार्थलाई लिएर तिलौराकोट दरबार फर्कदै गर्दाको प्रतिकको रुपमा मायादेवि शोभायात्रा समेत गरिने तय भएको छ । बुद्ध जयन्तीको अवसर पारेर ‘क्लिन लुम्बिनी, ग्रिन लुम्बिनी’ भन्ने नारा सहित लुम्बिनी सरसफाई अभियान २०८० जारी राखिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology