Logo बिहिवार, आश्विन १ गते २०८३
images

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासंघ रुपन्देहीद्वारा बुटवलमा प्रभातफेरि (फोटोफिचर)

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासंघ रुपन्देहीद्वारा बुटवलमा प्रभातफेरि (फोटोफिचर)

  • 1.6K
    SHARES

  • विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासंघ रुपन्देहीद्वारा बुटवलमा प्रभातफेरि (फोटोफिचर)

    बुटवल,वैसाख २० । 

    विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बुटवलमा प्रभातफेरि गरिएको छ । नेपाल पत्रकार महासंघ, रुपन्देही शाखाको आयोजनामा प्रभातफेरी गरिएको छ । बैशाख २० अर्थात् (मे ३) का दिन विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइन्छ ।

    दिवसको अवसरमा महासंघ जिल्ला शाखामा बुटवलको ट्राफिकचोकदेखि महासंघको हलसम्म र्याली निकालेको हो ।बिहान जिल्लामा क्रियाशील पत्रकारहरु जम्मा भएर र्यालीसहित महासंघ पुगेका थिए । महासंघका सचिव विनोद परियारले प्रभातफेरीमा जिल्लामा रहेका संचारमाध्यमहरुमा कार्यरत पत्रकारहरुको बाक्लो उपस्थिति रहेको जनाए ।

    सन् १९९३ मा भएको संयुक्त राष्ट्रसंघीय साधारणसभाको घोषणापछि युनेस्कोको आह्वानमा हरेक वर्ष ३ मे का दिन नेपालसहित विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको छ । महासंघ रुपन्देही शाखाका अध्यक्षरामराज पोखरेलले  पत्रकार र पत्रकारिताका विषयमा प्रश्न उठ्ने गरेको जनाउँदै यसलाई चिर्दै पत्रकार सचेत भएर अगाडि बढ्नुपर्ने जनाए ।

    प्रभातफेरीमा जिल्लास्थित पत्रपत्रिका, टेलिभिजन, अनलाइन, रेडियो लगायतका संचारमाध्यममा कार्यरत पत्रकार, महासंघका सदस्य, पूर्वअध्यक्षहरु, पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।press union.jpgbuddha tv.jpgfnj press freedom.jpgbutwal to day.jpgpress chautari.jpgglobal.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology