Logo बुधवार, श्रावण १३ गते २०८३
images

रुपन्देहीको तिलोत्तमाले थाल्यो एन्टी रेबिज भ्याक्सिन सेवा

रुपन्देहीको तिलोत्तमाले थाल्यो एन्टी रेबिज भ्याक्सिन सेवा

  • 3.1K
    SHARES

  • रुपन्देहीको तिलोत्तमाले थाल्यो एन्टी रेबिज भ्याक्सिन सेवा

    बुटवल,वैसाख १७   ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एन्टी रेबिज भ्याक्सिन (एआरभी) सेवा शुरु गरिएको छ । तिलोत्तमा वडा नम्बर ६ मा रहेको आनन्दबन स्वास्थ्य चौकीमा आइतबार एक कार्यक्रमका बिच नगरप्रमुख रामकृष्ण खाँणले सेवा शुभारम्भ गर्नुभयो ।

    नगरप्रमुख खाँणले नगरपालिका स्वास्थ्य क्षेत्रमा संवेदनशील रहेको उल्लेख गर्दै सबै नागरिक स्वास्थ्यप्रति सचेत रहन आग्रह गर्नुभयो ।‘समाजमा सचेतनाको अभाव रहेकोले नगरले हरेक नागरिकलाइ सचेतनाको शिक्षा दिने योजना बनाएका छौँ भने यो आनन्दबन स्वास्थ्य चौकीलाइ १५ शैयाको अस्पतालको रुपमा परिणत गरिएको छ ।’ उहाँको भनाइ छ ।ARV OPEN.jpg

    रेबिजरोग जुनसुकै जनाबरको टोकाईबाट हुने भएकोले ज्यान जाने यो रोगबाट बच्न भ्याक्सिन सेवा शुरु गरिएको जानकारी दिनुभयो ।अन्तरास्ट्रिय गुणस्तर प्रमाणीत तिलोत्तमा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख ध्रुबराज घिमिरेले यो सुबिधा तिलोत्तमामा शुरु भएपछी यहि उपचारको लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको बताउनुभयो ।

    शुभारम्भको अवसरमा एआरभी २०० डोज आएको बताउदै आवश्यकता अनुसार थप ब्यवस्थापन गरिने उहाँको भनाइ छ । सेवा शुभारम्भ कै दिनमा कुकुरले टोकेका एक पुरुषलाइ एआरभी दिइएको छ ।स्वास्थ्य सेवा बिभागको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट स्वीकृती पाएर प्रदेश आपूर्ति तथा ब्यवस्थापन केन्द्र लुम्बिनीले उपलब्ध गराएको भ्याक्सिन लगाइने छ ।

    सेवा प्रदान गर्नको लागि यहाका स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान गरेको बताउदै निशुल्क सेवा प्रदान गरिएको छ ।भ्याक्सिन तीन डोज दिइने बताउदै पहिलो डोज टोकेको दिन, दोस्रो डोज चौथो दिन र तेस्रो सातौ दिनमा लगाईने जानकारी दिनुभयो ।ARV 2.jpg

    स्वास्थ्य चौकीका प्रमुख ज्ञानप्रसाद पौडेलले रेबिज रोग लागेपछी मान्छे बाच्न नसक्ने बताउदै सतर्क रहनुपर्ने बताउदै यो भ्याक्सिन निकै प्रभावकारी हुनेहुदा सोही अनुसार ब्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा स्वास्थ्य चौकीका अध्यक्ष एव वडा नम्बर ६ का अध्यक्ष गणेश पाठक, वडा न १ का अध्यक्ष पर्शुराम गिरि लगायतले बोल्दै नगरमा स्वास्थ्यमा सहज पहुँच बनाइने उल्लेख गर्नुभयो । यो स्वास्थ्य चौकिमा १ जना मेडिकल अफिसर सहित १३ जना स्वास्थ्यकर्मीहरु कार्यरत छन् ।

    ANTI VAC.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology