Logo मंगलवार, श्रावण १२ गते २०८३
images

डा.चन्द्र भण्डारीद्वारा उपचारमा सहयोग गर्नेप्रति आभार व्यक्त

डा.चन्द्र भण्डारीद्वारा उपचारमा सहयोग गर्नेप्रति आभार व्यक्त

  • 4.0K
    SHARES

  • डा.चन्द्र भण्डारीद्वारा उपचारमा सहयोग गर्नेप्रति आभार व्यक्त

    काठमाडौँ,बैशाख १७ ।

    काँग्रेस नेता एवं सांसद डा. चन्द्र भण्डारीले उपचारमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् । हाल भारतमा उपचाररत डा. भण्डारी आइतबार नेपाल फर्किन लागेका हुन् ।

    भण्डारीका स्वकीय सचिव बोधराज कँडेलका अनुसार भण्डारीले भारतको मुम्बईमा लैजान सहयोग गर्ने नेपाल सरकार, नेपाली कांग्रेससहित र अन्य पार्टीका  नेता, काठमाण्डौंको बर्न अस्पताल कीर्तीपुर तथा भारतीय अस्पतालमा उनको उपचारमा संलग्न स्वास्थकर्मीहरु भारतमा रही विभिन्न पेशामा संलग्न नेपाली दाजुभाइ र भारतीय नेतागण, कुटनीतिज्ञ स्वदेश तथा विदेशमा रहेका शुभेच्छुकहरु, प्रवासी संघ संस्थाहरु, परिवारका सदस्यहरु, आफन्तजनहरु, स्वास्थ्य अवस्थाको लगातार अपडेट गरिरहने विभिन्न सञ्चारमाध्यम तथा पत्रकारहरु सबैमा हार्दिक आभार व्यक्त गरेका छन् ।

    ग्यास विस्फोटमा घाइते भण्डारी गत फागुन ३ गते स्वदेशमै प्रारम्भिक उपचारपछि डाक्टरहरूको सल्लाहमा भारतको महाराष्ट्र, मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचाररत थिए । सो घटनामा परी भण्डारीले आफ्नी आमालाई गुमाउनु परेको थियो । सचिवालयका अनुसार अहिले भण्डारीको स्वास्थ्य क्रमिकरुपमा सुधार भैरहेको छ ।

    अब उनको थप स्वास्थ्योपचार नेपालमा नै गरिने भएको छ । भण्डारी आइतबार करिब साढे दुई महिना पछि दिउँसो २:५५ बजे मुम्बईबाट नेपाल वायुसेवा निगमको मुम्बई- काठमाण्डौं नियमित उडानबाट नेपाल फर्कने छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology