Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राष्ट्रिय लेखक पुरस्कार बैरागी काइँलालाई

राष्ट्रिय लेखक पुरस्कार बैरागी काइँलालाई

  • 2.9K
    SHARES

  • राष्ट्रिय लेखक पुरस्कार बैरागी काइँलालाई

    काठमाडौं,बैसाख १६ ।

    नेपाली लेखक संघले एक लाख रासीको राष्ट्रिय लेखक पुरस्कार वरिष्ठ कवि एवम् संस्कृतिविद् बैरागी काइँला (तिलबिक्रम नेम्बाङ)लाई प्रदान गरेको छ ।  

    लेखक दिवसका अवसरमा शनिवार राजधानीमा आयोजित कार्यक्रममा  उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्काले नगद सहित सम्मान पत्र पहस्तान्त्रण गरेका हुन् । प्रत्येक दुई–दुई वर्षमा प्रदान गरिने यो पुरस्कार पहिलो पटक काइँलालाई  अर्पण गरिएको संघले जनाएको छ ।

    अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्ने नेपाली लेखक सङ्घले शनिवार वैशाख १६ गते देशैभर विभिन्न रचनात्मक कार्यक्रमहरुको आयोजना गरी लेखक दिवस मनाएको संघका महासचिव सोझो गाउँलेले बताए ।

    सम्पूर्ण लेखकहरूले गौरव गर्ने लाइब्रेरी पर्वका दिनलाई राष्ट्रिय लेखक दिवस मनाउने निर्णय गरेको संघका अध्यक्ष तीर्थ श्रेष्ठले बताए ।वि.स. १९८७ मा सरस्वती गुठी नामक सामाजिक संस्था स्थापना गरी त्यसमार्फत् पुस्तकालय सञ्चालन गर्ने उद्देश्यले ४५ जना कवि तथा लेखक एवम् बुद्धिजीवीहरूले हस्ताक्षर गरी श्री ३ भीम शमशेर समक्ष निवेदन पेस गदा हस्ताक्षर गर्ने सबै युवाहरूलाई दरबारमा बोलाउन लगाई दण्डित गरेको दिन लेखक दिवस मनाउन लागिएको हो ।

    कार्यक्रममा कवि काइँलाले पुरस्कार प्राप्त गर्दा जिम्मेवारीबोध भएको बताए । पुरस्कृत श्रष्टामाथि संघका सल्लाहकार ज्ञानु पाण्डेले धारणा राखेका थिए ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology