Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनीमा सरसफाई अभियान निरन्तर

लुम्बिनीमा सरसफाई अभियान निरन्तर

  • 909
    SHARES

  • लुम्बिनीमा सरसफाई अभियान निरन्तर
    लुम्बिनी, बैशाख १६ ।
    बुद्धजन्मस्थल लुम्बिनीमा शनिबार पनि सरसफाई गरिएको छ । ‘ग्रिन लुम्बिनी क्लिन लुम्बिनी’ भन्ने नाराका साथ बुद्धजन्मस्थललाई सफा र स्वच्छ राख्ने उदेश्यले बैशाख ९ गतेबाट ‘लुम्बिनी सरसफाई अभियान २०८० शुरु गरिएको हो । 
     
    शनिबार लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य सहित कोषका कर्मचारीहरुको उपस्थितीमा गुरुयोजना क्षेत्रभित्रका स्थलहरुको सरसफाई गरिएको छ ।  
    शान्तिदीप, मायादेवी मन्दिर वरपर, मुख्य नहर क्षेत्र हुँदै अन्र्तराष्ट्रिय ध्यान केन्द्रसम्म सफाई गगरिएको छ ।
    २५६७ औं बुद्धजयन्तीको अवसरलाई मध्यनगर गरि दोस्रो हप्तापनि लगातार सरसफाई गरिएको र आगामि दिनमा महिनामा एक दिन शनिबार सरसफाई गरिने कोषले जनाएको छ । लुम्बिनी पवित्र उद्यानलाई सफा र सुन्दर राख्नुपर्ने आवश्यकतालाई आत्मसाथ गर्दै सफाई गर्न लागिएको कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताए ।
    लुम्बिनी अन्र्तराष्ट्रिय पर्यटकीय स्थल समेत भएकाले यसलाई सफा, स्वच्छ राख्नका लागि सबै पक्षलाई जिम्मेवार बनाउन अभियान थालिएको सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।
    लुम्बिनीभित्र नियमित रुपमा सफाई हुने गर्छ ।
    तर, भ्रमणमा पुगेका पर्यटकहरुले पानीका बोतल, चाउचाउका खोला र कतिपय ठाउँमा सुर्ती, गुटखाका खोल समेत भेटिएकाले सजग हुनुपर्ने अवस्था देखिएको सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले बताए ।
    कोषले नियमित रुपमा महिनाको एक दिन शनिबार सरसफाई गर्ने भएको छ । सस्कृती पर्यटन तथा नागरिक उडडयनमन्त्री सुँदन किराँतीले पशुपतीमा प्रत्येक शनिबार सरसफाई अभियान सञ्चालन गरेसँगै लुम्बिनीमा पनि नियिमत सफाई अभियान शुरु भएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology