Logo बिहिवार, आश्विन १ गते २०८३
images

पौडेलप्रतिको दुव्यर्वहार सर्वसत्तावादको संकेत, सशक्त प्रतिवाद गर्छाैँ : सभापति देउवा

पौडेलप्रतिको दुव्यर्वहार सर्वसत्तावादको संकेत, सशक्त प्रतिवाद गर्छाैँ : सभापति देउवा

  • 2.0K
    SHARES

  • पौडेलप्रतिको दुव्यर्वहार सर्वसत्तावादको संकेत, सशक्त प्रतिवाद गर्छाैँ :  सभापति देउवा

    बुटवल,मंसिर १७-

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सशक्त प्रतिवाद गर्ने बताएका छन् । पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा बुधबार प्रहरीले नियन्त्रण लिए लगत्तै विज्ञप्ति जारी गरेर उनले यस्तो चेतावनी दिएका हुन् ।

    पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले लेखेका छन्, ‘वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको यो घटनाप्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिष्टलाई पुरा हुन नदिन कांग्रेस एक ढिक्का भएर सशक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छु ।’

    सभापति देउवाले पौडेललाई तत्काल रिहा गर्न समेत माग गरेका छन् । उनले लेखेका छन्, ‘सरकारको यो निन्दनीय व्यवहारको भत्सर्ना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु ।’

    पौडेलप्रतिको दुव्यर्वहार सर्वसत्तावादको संकेत भएको देउवाको दाबी छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology