बुटवल,भदौ १८ ।
चितवन मेडिकल कलेजमा नवलपुरका एक जना कोरोना संक्रमित युवकको उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको छ ।
भदौ ९ गते अस्पताल भर्ना भएका र भदौ १० गते कोरोना संक्रमण पुष्टि भएका गैंडाकोट नगरपालिका–२ का ३७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । मृतक पुरुष मिर्गौलाको रोगी थिए ।
यसअघि, चितवन मेडिकल कलेजमा नै बुधबार राति साढे १२ बजे चितवनको भरतपुर महानगरपालिका–११ कि ४० वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको थियो । योसँगै चितवनमा कोरोना संक्रमितको मृत्यु संख्या १९ पुगेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)