Logo बिहिवार, आश्विन १ गते २०८३
images

अक्सफोर्ड माविमा ‘बनौं संस्कारी’ पुस्तक विमोचन

अक्सफोर्ड माविमा ‘बनौं संस्कारी’ पुस्तक विमोचन

  • 3.1K
    SHARES

  • अक्सफोर्ड माविमा ‘बनौं संस्कारी’ पुस्तक  विमोचन

    बुटवल, वैशाख १५ ।

    बुटवलस्थित अक्सफोर्ड माविमा दुई दिने अभिभावक अभिमुखीकरण तथा बनौ संस्कारी पुस्तकको विमोचन भएको छ । पुस्तकको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले शुक्रबार विमोचन गरे ।

    सो अवसरमा बोल्दै नगर प्रमुख पाण्डेले अहिलेको आवश्यकतालाई अक्सफोर्ड माविले अनुसरण गरेको बताउँदै प्रशंसा व्यक्त गरे । पाण्डेले बालबालिकालाई संस्कार सहितको शिक्षा आवश्यकता भएको बताउँदै त्यसको पूर्णता पुस्तक दिने आशा व्यक्त गरे ।

    विद्यालयका प्राचार्य दिनेश भुसालले पुस्तक विमोचन तथा अभिमुखीकरण कार्यक्रममा विद्यालयले शिक्षासँगै संस्कार जोड़ने अभियान सुरू गरेको भन्दै बनौ संस्कारी पुस्तक प्रकाशित गरेको बताए । प्राचार्य भुसालले हाम्रो इतिहास संस्कार र संस्कारीका गाथाहरुले भरिएको हुँदा अक्सफोर्ड माविले संस्कार सहितको शिक्षण सुरू गर्न थालेको बताए ।

    कार्यक्रममा अक्षरा स्कुल काठमाडौंका प्रिन्सिपल अन्जु भट्टराई, प्रशिक्षक डा.राजु अधिकारी, अक्सफोर्ड कलेजका क्याम्पस प्रमुख मनोज मरासिनी कलेजका अध्यक्ष अजित खनाल प्राध्यापक सुमन भुसाल लगायतको आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा बोल्दै प्रशिक्षक डा.राजु  अधिकारीले कलिलो उमेरका नानीबाबुलाई पोशिलो खानेकुराको आवश्यकता परे जस्तै संस्कारयुक्त शिक्षाको आवश्यक रहेको हुदा अक्सफोर्डले थालेको कदमप्रति अभिभावकले साथ दिनु अपरिहार्य रहेको बताए ।

    दुई दिनसम्म चलेको कार्यक्रमको सञ्चालन  सहायक प्राचार्य चिरञ्जीवी सापकोटाले गरेका थिए । दुइदिने कार्यक्रममा २ हजार अभिभावकको सहभागिता रहेको बिद्यालयका शिक्षक लक्ष्मण घिमिरेले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology