Logo बिहिवार, आश्विन १ गते २०८३
images

कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

  • 957
    SHARES

  • कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

    बुटवल,बैसाख १४ ।

    कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार थप एक जनाको मृत्यु भएको हो ।पछिल्लो २४ घण्टामा थप १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    २ हजार ५१७ जनाको नमुनामध्ये १ हजार ४० जनाको पीसीआर परीक्षण गर्दा ७८ जना र १ हजार ४७७ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जना गरी १११ जनामा कोरोना संक्रमण देखिएको हो ।

    यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ३७८ जना पुगेको छ भने संस्थागत आईशोलेशनमा १८ जना, आईसीयूमा ६ जना  र १ जना भेन्टिलेटरमा उपरचाररत छन् ।मन्त्रालयका अनुसार बिहीबार मात्र ६० जना कोरोनाबाट निको भएर घर फर्किइसकेका छन् ।संक्रमण बढेसँगै कोरोना विरुद्धको बुस्टर डोज खोप लगाउन मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology