Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गृह जिल्ला झापामा केपी ओलीमाथि आक्रमण प्रयास,गृहमन्त्रीले  गराए सदनलाई जानकारी

गृह जिल्ला झापामा केपी ओलीमाथि आक्रमण प्रयास,गृहमन्त्रीले  गराए सदनलाई जानकारी

  • 1.9K
    SHARES

  • गृह जिल्ला झापामा केपी ओलीमाथि आक्रमण प्रयास,गृहमन्त्रीले  गराए सदनलाई जानकारी

    काठमाडौँ,बैसाख १४।

    उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि झापामा भएको आक्रमणको प्रयासबारे संसदमा जानकारी गराएका छन् । 

    बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले प्रमुख सचेतक पदम गिरीले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले केपी शर्मा ओली झापाको बुधबारेमा हुन लागेको कार्यक्रममा जाने क्रममा कोशी नामाकरणको विरोधमा रहेका समूहले ढुङ्गामुडा गर्ने दुःखद घटना भएको जानकारी गराएका हुन् । 

    ढुङ्गा प्रहारमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको र सो क्रममा २ जना प्रहरी घाइते भएको उनले बताए । उनले अध्यक्ष ओलीले गरेको कार्यक्रम सफल भएको र इलाम गएको सदनलाई जानकारी गराए । 

    संसदमा बोल्दै मन्त्री श्रेष्ठले भने,‘शान्तिपूर्ण रुपमा आफ्नो विचार राख्न र जनमत निर्माण गर्ने कामलाई सरकार सम्मान गर्ने तर गैरसंवैधानिक गतिविधि गर्ने, शान्तिपूर्ण गतिविधिका सट्टा अराजक गतिविधि गर्ने, कुनैपनि नेता, कार्यकर्ता वा नागरिकको शान्तिपूर्ण आवतजावत भेला कार्यक्रमलाई अवरोध उत्पन्न गर्ने कुरालाई छुट दिन सकिँदैन । बलिदानी संघर्ष गरेर प्राप्त गरेको यो संघीय लोकतान्त्रिक गणतन्त्र र त्यसलाई संस्थागत गरेको नयाँ संविधानको रक्षा गर्न, त्यसलाई प्रभावकारी कार्यान्वयन गर्न र त्यसले प्राप्त गरेको लोकतान्त्रिक अधिकारलाई स्थापित गर्न र अभ्यासमा जान दिन सरकार प्रतिबद्ध छ ।’

    उनले शान्ति सुरक्षा दिन प्रतिबद्ध रहेको बताउँदै त्यस्ता खालका गतिविधि नगर्न आग्रह गरे । उनले समस्याको समाधान वार्ताद्वारा समाधान गर्न सकिने र त्यसप्रकारका अवाञ्छित गतिविधि नगर्न चेतावनी समेत दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology