Logo बिहिवार, श्रावण १४ गते २०८३
images

शान्ति समाज रुपन्देहीद्वारा नयाँ बर्ष २०८० को क्यालेण्डर बिमोचन

शान्ति समाज रुपन्देहीद्वारा नयाँ बर्ष २०८० को क्यालेण्डर बिमोचन

  • 3.6K
    SHARES

  • शान्ति समाज रुपन्देहीद्वारा नयाँ बर्ष २०८० को क्यालेण्डर बिमोचन

    बुटवल,बैसाख १३। 

    मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाले नयाँबर्ष २०८० को क्यालेण्डर (भित्तेपात्रो ) बिमोचन गरेको छ । बुटवलमा एक कार्यक्रमका बिच क्यालेण्डर (भित्तेपात्रो) बिमोचन गरिएको हो ।

    समाजका रुपन्देही सभापति कृष्णप्रसाद भट्टराई (खिम)को अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै समाजका केन्द्रीय निवर्तमान सभापति तथा सल्लाहकार गोबिन्द खनालले समाजले सामाजिक मुद्धामा फरक फरक अभियान चलाइरहेको उल्लेख गर्नुभयो । क्यालेण्डर प्रकाशन गरेकोमा उहाँले रुपन्देही शाखालाइ धन्यबाद समेत दिनुभयो ।

    सो अबसरमा रूपन्देही पुर्व सभापति महेन्द्र थापाले  समाजलाइ रजत जयन्तीलाइ भब्य तरिकाले मनाउने गरि तयारी गर्न उहाँको प्रस्ताव थियो । कार्यक्रममा  सचिब कृष्ण पाण्डे,क्यालेन्डर प्रकाशन उपसमिति  संयोजक मोहनीलाल न्यौपाने,सदस्य अर्जुन कुवर लगायतले बोलेका थिए ।

    कार्यक्रममा समाजका कार्यसमिति सदस्य केशवराज पाण्डे होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघको रूपन्देही कार्यसमिति सदस्यमा निर्वाचित भएकोमा बधाई सहित सम्मान गरिएको उपसभापति कपिल ज्ञवालीले जानकारी दिनुभयो ।pi.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology