Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपाली कांग्रेस सच्चिन जरूरी छ  : शेखर कोइराला 

नेपाली कांग्रेस सच्चिन जरूरी छ  : शेखर कोइराला 

  • 2.9K
    SHARES

  • नेपाली कांग्रेस सच्चिन जरूरी छ  : शेखर कोइराला 

    विराटनगर, वैशाख १२ ।
    नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले उपनिर्वाचनमा कांग्रेसले सहेको हारको दोष कुनै एक जनामाथि मात्रै थोपर्न नमिल्ने बताउँदै मतदाता र युवाहरूको भावनाअनुसार अघि नबढेकै कारण उपनिर्वाचनको नतिजा कांग्रेसका लागि कमजोर आएको बताएका छन्।

    उनले  उपनिर्वाचनको परिणामलाई स्वीकारेर कांग्रेस सच्चिन जरूरी रहेको पनि बताएका छन्। विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै नेता कोइरालाले उपनिर्वाचनमा पुराना पार्टीलाई भोट नगएर नयाँ पार्टीलाई जानुले युवाको चाहनाअनुसार अहिलेका पार्टीहरू नचलेको पुष्टि भएको बताए।

    ‘उपनिर्वाचनको मतपरिणाम हेर्दा कांग्रेस सच्चिन जरूरी छ। अब युवाहरूलाई अवसर दिँदै जिल्लादेखि स्थानीय तह हुँदै वडा र टोलसम्म संगठन गर्नुपर्ने देखिएको छ,’ कोइरालाले भने, ‘मतदाता र युवाको मनोविज्ञान बुझ्न नसक्दा अहिलेको अवस्था आएको हो। अब कांग्रेस नयाँ ढंगले अगाडि बढ्नै पर्छ।’ 

    नेता कोइरालाले उपनिर्वाचनको मतपरिणामलाई लिएर पार्टीभित्र निर्मम समीक्षा हुने बताए।उनले हारको दोष एक जनामाथि थोपरेर अरू उम्किने अवस्था नरहेको उल्लेख गरे। उनले भने, ‘हारको जिम्मेवारी सबैले लिनुपर्छ।’  कोइरालाले प्राप्त जनमतलाई स्वीकारेर अगाडि बढ्नुको विकल्प नभएको पनि बताए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology