Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.ढाकाकुमार श्रेष्ठ पदमुक्त

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.ढाकाकुमार श्रेष्ठ पदमुक्त

  • 1.5K
    SHARES

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.ढाकाकुमार श्रेष्ठ पदमुक्त

    काठमाडौं,वैशाख १२ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठ पदमुक्त भएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले उनलाई पार्टीले निष्कासन गरेको जानकारीसहितको सूचना पढेर सुनाएसँगै श्रेष्ठ पदमुक्त भएका हुन् ।

    व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिलको अडिओ बाहिरिएपछि रास्वपाले उनलाई सांसदसहित पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।

    पार्टीले सांसद श्रेष्ठलाई पदमुक्त गराउन संघीय संसद सचिवालयमा पत्राचार गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीको सोही निर्णय बमोजिम उहाँको पद रिक्त भएको सभामुख घिमिरेले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology