Logo मंगलवार, श्रावण १२ गते २०८३
images

चितवन २ मा ५४ हजार १७६ मतसहित रवि लामिछाने विजयी

चितवन २ मा ५४ हजार १७६ मतसहित रवि लामिछाने विजयी

  • 3.1K
    SHARES

  • चितवन २ मा ५४ हजार १७६ मतसहित रवि लामिछाने विजयी

    चितवन, वैशाख १२ ।

    प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा चितवन-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका छन्। 

    अन्तिम मत परिणाममा लामिछानेले ५४ हजार १७६ मत पाए भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११ हजार २१४ मत पाएका छन्। 

    उनीहरूबीचको मतान्तर ४२ हजार ९६२ छ। नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत पाएका छन्। यसअघि मंसिर ४ मा भएको चुनावमा यो क्षेत्रबाट लामिछाने नै निर्वाचित भएका थिए। त्यतिबेला उनले ४९ हजार ३०० मत पाएका थिए।

    अमेरिकी नागरिकता लिएर फेरि नेपाली नागरिकता नलिएको मुद्दामा उनको सांसद पद गुमेको थियो। उनको सांसद पद गुमेका कारण चितवन-२ मा उपनिर्वाचन भएको हो। 

    यी खबरहरु पनि हेरौँ :

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सुरज ज्ञवाली

    चितवन,सम्वाददाता

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology