Logo बिहिवार, आश्विन १ गते २०८३
images

महासंघको कार्यसमिति सदस्य कसजूलाई बस्तुगत समितिको सम्मान

महासंघको कार्यसमिति सदस्य कसजूलाई बस्तुगत समितिको सम्मान

  • 897
    SHARES

  • महासंघको कार्यसमिति सदस्य कसजूलाई बस्तुगत समितिको सम्मान

    बुटवल,बैसाख ११ ।

    बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूलाई संघका वस्तुगत समितिहरुले सम्मान गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्यमा निर्वाचित हुनु भएकोमा संघका अध्यक्ष कसजूलाई बस्तुगत समितिहरुले सम्मान गरेका हुन् ।

    अध्यक्ष कसजूलाई सोमबार एक कार्यक्रमका बिच कपडा व्यवसायी बस्तुगत समिति र गिफ्ट तथा कस्मेटिक बस्तुगत समितिले सम्मान गरेका हुन् । त्यसै अवसरमा कपडा व्यवसायी बस्तुगत समितिले राष्ट्रपतिले प्रज्वल जनसेवा श्रीबाट विभूषित गर्नुभएकोमा संघका सल्लाहकार तथा पूर्व अध्यक्ष निर्मलप्रसाद लाकौललाई पनि सम्मान गरिएको छ ।

    सम्मान कार्यक्रममा बोल्ने वक्ताहरुले केन्द्रमा बुटवलको पहुँच स्थापित भएको र आगामी दिनमा व्यवसायीका समस्याहरु उठान गर्न पनि सहज हुने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै संघका पूर्वअध्यक्ष जीवनप्रसाद वझाले बुटवल उद्योग वाणिज्य संघ महासंघको संस्थापक सदस्य रहेको बताउँदै यहाँका व्यवसायीका समस्या समाधानको लागि केन्द्रमा गर्विलो आवाज उठाउन नवनिर्वाचित सदस्य कसजूलाई आग्रह गर्नुभयो ।

    त्यस अवसरमा कपडा व्यवसायी बस्तुगत समितिका सभापति अनिल चुके, पूर्व सभापति तथा सल्लाहकार कर्णकुमार ह्योजू, पूर्व सभापति तथा संघका कार्यसमिति सदस्यहरु प्रकाश श्रेष्ठ, त्रिबिक्रम श्रेष्ठ, कपडा बस्तुगत समितिकी सम्झना ह्योजू, गिफ्ट तथा कस्मेटिक बस्तुगत समितिका सभापति अलिम दिन, सचिव सन्तोष नेपाल, सदस्य जनक श्रेष्ठ लगायतले बैंकको चर्को व्याजदर, खस्किँदो अर्थतन्त्र, खुला सिमानाका लगायतका कारण यस क्षेत्रका व्यवसायीहरु धाराशायी हुँदै गएको बताउँदै व्यवसाय टिकाईरहने वातावरण निर्माणको पहल कदमी लिन आग्रह गर्नुभएको थियो । त्यसै अवसरमा कपडा व्यवसायी बस्तुगत समितिले प्रकाशन गरेको नयाँ वर्ष २०८० को भित्तेपत्रो (क्यालेण्डर) सार्वजनिक गरिएको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology