बुटवल,बैसाख ११ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ‘सुचना राजमार्ग ’को अवधारणा अगाडी सारिएको छ । नगरपालिकाले नगरक्षेत्रमा पर्ने सिद्धार्थ राजमार्गको योगिकुटीदेखि कटैयासम्म फ्रि वाइफाइ जडान गरिएको हो ।
जनतालाई प्रविधिमैत्री बनाउनका लागि र सहजताका लागि बुटवल बेलहीया सिक्सलेन व्यापारीक मार्गको तिलोत्तमा क्षेत्रमा फ्रि वाईफाई जडान गरेर शुभारम्भ गरिएको हो ।
लुम्बिनी प्रदेश सरकार र तिलोत्तमा नगरपालिकाको संयुक्त लगानीमा सुचना राजमार्ग मार्फत डिजिटल सेवा प्रवाह कार्यक्रम अन्तरगत फ्रि वाईफाई सेवाको सोमबार मणिग्रामचोकमा एक कार्यक्रमका बिचमा शुभारम्भ गरिएको हो ।
सेवाको शुभारम्भ गर्दे तिलात्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले देशकै नमुना नगरपालिका तिलोत्तमामा स्वदेश तथा बिदेशबाट आएकाहरुको र स्थानीयलाई पनि सहज ईन्टरनेट प्राप्तीको लागि यो कार्यक्रम शुभारम्भ गरिएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो–‘नगरलाइ प्रविधिमैत्री बनाउन,नगरका १७ वटै वडामा पनि यसलाइ बिस्तार गरिनेछ,हाईवे क्षेत्रमा हिड्ने आन्तरिक तथा बाह्य पर्यटकलाइ समेत यसले राहत दिनेछ ,यसले राम्रो प्रभाव पार्नेछ ।’
नगरपालिका भित्रका व्यवसायहरु के–के छन् त्यसको सम्पूर्ण विवरण र तिलोत्तमाको सबै विवरण जेठ मसान्त भित्रमा वाईफाई खोले पछिसहजै हेर्न सक्ने ब्यबस्था समेत मिलाइने उहाँको भनाइ छ ।
उपप्रमुख जागेश्वरी देवी चौधरीले यहाँका स्थानीयहरुलाई निकै महत्वपूणर्काम गर्नको लागि सहजता हुने विश्वासका साथ यो सेवाको शुभारम्भ गरेको बताउनुभयो । उहाँले यो सेवाले तिलोत्तमा क्षेत्रमा आउने पर्यटकलाई समेत निकै फाईदा पुग्ने विश्वास ब्यक्त गर्नुभयो । योगिकुटिदेखि कोटीहवासम्मको १३ किलोमिटर सडकमा ३८ वटा डिभाइसहरु जडान गरिएको नगरपालिका सूचना प्रविधी उपशाखा प्रमुख सुदिप ढकालको भनाइ छ ।
करिब ८५ लाख खर्चमा वाईफाई जडान गरिएको हो ।यसले एक ठाँउमा लगइन गरेपछि १३ किलोमिटर भित्रको दुरीमा राखिएका बिभिन्न डिभाइसबाट सहजै काम गर्ने उहाँको भनाइ छ ।
एउटा डिभाइसले एक पटकमा २५६ वटासम्म कनेक्ट गर्न सक्ने क्षमता रहेता पनि अहिले तत्कालको लागि १०० वटा डिभाइस कनेक्ट हुने र टिकटक र ब्याण्ड गरिएका केही वेभ पोर्टल भने चलाउन नमिल्ने सुचना प्रविधि उपशाखाका मोहन न्यौपानेले जानकारी दिनुभयो ।कनेक्ट गर्ने वित्तिकै एउटा हट स्पोट खुल्ने त्यसलाई लगइन गरेर इन्टरनेट चलाउन सकिने सुचना प्रविधि उपशाखाले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)