Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तनहुँ-१ मा स्वर्णिम वाग्लेको फराकिलाे अग्रता

तनहुँ-१ मा स्वर्णिम वाग्लेको फराकिलाे अग्रता

  • 1.2K
    SHARES

  • तनहुँ-१ मा स्वर्णिम वाग्लेको फराकिलाे अग्रता

    बुटवल,बैसाख ११ ।

    तनहुँ-१ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बिहान ७ बजे सम्मको मतगणनाको नतिजा प्राप्त भएको छ।अहिलेसम्म  राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले निकटतम् प्रतिस्पर्धीभन्दा दोब्बरभन्दा बढी मतले अग्रता हासिल गरिरहेका छन्। उनले ५९००मत पाएका छन्।

    उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले २६८७ मत ल्याएर पछ्याइरहेका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन्। खनालले १६५७ मत ल्याएका छन्।

    तनहुँ-१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको थियो। निर्वाचन कार्यालय तनहुँका अनुसार उक्त क्षेत्रमा १ लाख २३ हजार ३ सय ५ जना मतदाता छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology