गुल्मी,बैशाख १० ।
गुल्मीको रूरूक्षेत्र गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । आज एक कार्यक्रमका बिच पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।
गाउँपालिका अध्यक्ष तथा खोप समन्वय समितिका संयोजक यदु ज्ञवालीले पालिकामा कुनै पनि बालबालिकाहरु खोप बाट बन्चित नरहेको दाबी गर्नुभयो ।
उहाँले पुर्ण खोप सुनिश्चितताको दिगोपनको लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो ।कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख छत्र बहादुर अधिकारीले पालिकामा खोपको आवस्था बारे प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
जिल्ला खोप समन्वय समितिका सदस्य तथा स्वास्थ्य कार्यालय गुल्मीका निरिक्षक बोम बहादुर अर्यालले गाउँपालीकाको स्वास्थ्य क्षेत्रका योजना तथा कार्यक्रमको प्रसंसा गर्नु भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौडेल,जनप्रतिनिधि र सम्पूर्ण स्वास्थ्य चौकीका प्रमुखहरुको उपस्थिती रहेको थियो ।
गुल्मीमा धुर्कोट र मुसिकोट नगरपालिका पुर्ण खोप घोषणा गर्न बाँकी रहेको र केही दिनमै घोषणा गर्ने तयारी गरिएको छ सो कार्यक्रमको सन्चालन स्वास्थ्य शाखाका अमृत ज्ञवालीले गर्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)