Logo बिहिवार, आश्विन १ गते २०८३
images

रास्वपाले माफी माग्यो,चितवनको नयाँ किरण माविमा मतदान सुचारु

रास्वपाले माफी माग्यो,चितवनको नयाँ किरण माविमा मतदान सुचारु

  • 1.4K
    SHARES

  • रास्वपाले माफी माग्यो,चितवनको नयाँ किरण माविमा मतदान सुचारु

    चितवन,बैसाख १० । 

    राष्ट्रिय स्वतन्त्र पार्टीले आचार संहिता उल्लंघन गरेको स्वीकार गर्दै माफी मागेपछि चितवनको नयाँ किरण माविमा मतदान सुचारु भएको छ।

    बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिपक रेग्मीले अवरुद्ध भएको मतदान प्रक्रिया सुरु भएको जानकारी दिए। ‘रास्वपाले गल्ती स्वीकार्यो। त्यसपछि अरु दल पनि समझदारी भए,’ उनले भने। 

    भरतपुर महानगरपालिका स्थित नयाँकिरण माविमा बिहान साढे ११ बजेदेखि यो मतदान केन्द्रमा मतदान रोकिएको थियो।रास्वपा कार्यकर्ता नाराबाजी गर्दै मतदानस्थलमा पस्न खोजेपछि नेकपा एमालेका कार्यकर्ताले विरोध गरेका थिए। 

    त्यसक्रममा दुई पक्षबीच झडपको अवस्था भएको थियो। झडपको अवस्था आएपछि नाराबाजीमा संलग्न रास्वपाका समर्थकलाई प्रहरीले लाठीचार्ज गर्दै लखेटेको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology