Logo बिहिवार, आश्विन १ गते २०८३
images

सरकारवालाले सरकारलाइ भने-‘ किसानमैत्री कार्यक्रम ल्याऊ’

सरकारवालाले सरकारलाइ भने-‘ किसानमैत्री कार्यक्रम ल्याऊ’

  • 3.1K
    SHARES

  • सरकारवालाले सरकारलाइ भने-‘ किसानमैत्री कार्यक्रम ल्याऊ’

    बुटवल,मंसिर १७-  

    लुम्बिनी प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय बुटवलले आर्थिक बर्ष २०७७-७८ मा  गर्ने कार्यक्रमहरुको विषयमा सार्वजनिककरण गरेको छ ।

    बुटवलमा एक कार्यक्रमको आयोजना गरी निर्देशनालयले चालु आर्थिक बर्षमा ५ करोड,  २७ लाख ६५ हजार रुपैयाँ बराबरको कार्यक्रम सार्वजनिक गरेको छ ।

    पशुपंक्षि तथा मत्स्य विकास निर्देशनलयका निमित्त प्रमुख तुलसीराम भण्डारीको अध्यक्षता र भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रेवती रमण पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा बोल्दै सचिवले  स्थानिय तहमा आवश्यकता अनुसारको विषयमा किसानमैत्री कार्यक्रम ल्याउदा बढि भन्दा बढि प्रभावकारी हुने  बताएका थिए । उनले किसानहरुको माग र आवश्यकता अनुसार कार्यक्रम ल्याएमा बढि भन्दा बढि प्रभावकारी हुने भन्दै यसैमा जोड दिनुपर्ने बताए । प्रदेशका मन्त्रालय  तथा निर्देशनालयहरु कार्यक्रम बढि भन्दा बढि राख्ने भन्दा पनि स्थानिय तहमा बढि भन्दा बढि कार्यक्रम राख्नुपर्ने बताए ।

    कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि कृषि विकास निर्देशनालय का प्रमुख निर्देशक  याम नारायण देवकोटाले  प्रदेश सरकारले किसान मैत्री कार्यक्रम ल्याउदै आएको भन्दै निर्देशनालयहरुले बढि भन्दा बढि मुल्यांकन, अनुगमन लगायतको विषयमा ध्यान दिनुपर्ने धारणा राखे ।

    कार्यक्रममा बोल्दै पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय का निमित्त  निर्देशक तुलसीराम भण्डारीले प्रदेशमा खोरेत रोग उन्मुलनको लागि विशेष कार्य गर्न लागिएको जानकारी दिए ।

    यसको लागि १२ लाख भ्याक्सीन ल्याउने तयारी गरिएको भन्दै तराईका ६ जिल्लामा खोरेतको भ्याक्सीन लगाउने  तयारी गरिएको जानकारी दिए । कार्यक्रममा दुग्ध उत्पादक सहकारी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ पाण्डे, बाख्रा पालक किसान संघ रुपन्देहीका अध्यक्ष प्रेम सागर पौडेल, मत्स्य विकास अधिकृत रेम बहादुर थापा,  पशु चिकित्सक सुक बहादुर नेपाली लगायतले आ आफ्नो धारणा राखेका थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, मंसिर १७ २०७७०८:३९:२४

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology