Logo मंगलवार, श्रावण १२ गते २०८३
images

विश्वासको मत गुमाएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त

विश्वासको मत गुमाएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त

  • 2.3K
    SHARES

  • विश्वासको मत गुमाएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त

    पाेखरा,बैसाख ९ ।

    गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन्।प्रदेश सभाको शनिबार बसेको बैठकमा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले अस्वीकृत भएसँगै उनी पदमुक्त भएका हुन्।

    मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा एमालेका २२ जना सांसद र राप्रपाका २ जना गरी २४ जना सांसदले समर्थन गरेका थिए।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका २७ जना र माओवादी केन्द्रका ८ जना गरी ३५ जना सांसदले विश्वासको मत दिएनन्।

    एमाले गण्डकीका संसदीय दलका नेता अधिकारी माओवादी केन्द्र र राप्रपा सांसदको समर्थनमा पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएपछि अधिकारीले एमालेका तीन जना, माओवादी केन्द्रका दुई जना र राप्रपाका एक जना मन्त्री नियुक्त गरेका थिए।

    संघीय सरकारबाट एमाले बाहिरिएपछि गत चैत १० गते गण्डकी सरकारबाट माओवादी केन्द्र बाहिरिएको थियो।मुख्यमन्त्रीबाट अधिकारी बर्खास्त भएसँगै अब नेपाली कांग्रेस गण्डकीका संसदीय दलका नेता सुरेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने पक्का भएको छ। उनलाई माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ले समर्थन दिने बताइएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology