Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल जेसीज बोर्ड अफ ट्रस्ट्रीजको पदस्थापन,लाकौललाई जोशीले गरे पदहस्तान्तरण

बुटवल जेसीज बोर्ड अफ ट्रस्ट्रीजको पदस्थापन,लाकौललाई जोशीले गरे पदहस्तान्तरण

  • 2.3K
    SHARES

  • बुटवल जेसीज बोर्ड अफ ट्रस्ट्रीजको पदस्थापन,लाकौललाई जोशीले गरे पदहस्तान्तरण

    बुटवल,बैसाख ९ ।

    बुटवल जेसीज बोर्ड अफ ट्रस्ट्रीजको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । नवनिर्वाचित अध्यक्ष निर्मल कुमार लाकौललाइ निबर्तमान अध्यक्ष बिन्ध्या केशर जोशीले पदहस्तान्तरण गर्नुभएको थियो ।

    बुटवल जेसीजका पुर्व अध्यक्ष समेत रहनुभएका लाकौललाइ गत चैत २० गते सम्पन्न तेस्रो अधिवेशनले सर्वसम्मत अध्यक्ष निर्वाचित गरेको थियो । ट्रस्ट्रीजको उपाध्यक्षमा बुटवल जेसीजका पुर्व अध्यक्ष  कृष्ण कुमार श्रेष्ठ, महासचिवमा बुटवल जेसीजका पुर्व अध्यक्ष गोपाल प्रसाद पाण्डे  निर्वाचित भएका थिए ।

    पदस्थापन कार्यक्रममा अध्यक्ष निर्मल प्रसाद लाकौलले ट्रस्ट्रीजको कोषाध्यक्ष पदमा बुटवल जेसीजका निर्वतमान अध्यक्ष चन्द्रमणी भुसाललाइ मनोनीत गर्नुभएको छ भने कार्यसमिति सदस्यहरुमा बुटवल जेसीजका पुर्व अध्यक्षहरु राजु पौडेल , लालहरि पाण्डे, हिमाल गैरे, दिनेश श्रेष्ठ र बर्तमान अध्यक्ष हरि  विक्रम कुवरलाइ मनोनीत गरे ।

    त्यसैगरी सल्लाहकारमा जेसीआइका पुर्व अन्तर्राष्ट्रिय उपाध्यक्ष-नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष समेत रहनुभएका बुटवल जेसीजका पुर्व अध्यक्ष अनुपमान सैन्जु,  नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष समेत रहनुभएका बुटवल जेसीजका पुर्व अध्यक्ष जगतबहादुर पोखरेल, बुटवल जेसीजका पुर्व अध्यक्षहरु बिन्ध्या केशर जोशी, टन्क प्रसाद पोखरेल , मथुरा पिया र नवराज श्रेष्ठ मनोनीत भएका छन् ।

    कार्यक्रममा  निवर्तमान अध्यक्ष बिन्ध्या किशोर जोशीले आफ्नो  दुई दुइ कार्याकालमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गरे । त्यस्तै नवनिर्वाचित अध्यक्ष निर्मल कुमार लाकौलले बुटवल जेसीजको थप विकासमा आफ्नो टिमले काम गर्न प्रतिबद्ध भएको बताए । विशेषगरि बुटवल जेसीजको आतिथ्यमा हुनगैइरहेको  नेपाल जेसीजको ५०औ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न ट्रस्ट्रीजले सहयोग गर्ने उनले जानकारी दिए ।

    कार्यक्रममा पुर्व अध्यक्ष अनुपमान सैन्जु, अध्यक्ष हरि विक्रम कुवरले शुभकामना मन्तव्य राखेका थिए । नवनिर्वाचित उपाध्यक्ष कृष्ण कुमार श्रेष्ठले धन्यवाद मन्तव्य राखेका थिए । यो बर्ष बुटवल जेसीजको आतिथ्यतामा नेपाल जेसीजको ५०औं राष्ट्रिय महाधिवेशन आयोजना गर्दैछ   र साथै बुटवल जेसीजले आफ्नो ५०औं स्थापना दिवस अर्थात स्वर्ण जयन्ती मनाउदैछ ।

    यि दुई महत्त्वपूर्ण कार्यभार सम्पन्न गर्न सबैको  शशक्त सक्रियता र  एकता हुनुपर्नेमा सबै  वक्ताहरुले जोड दिएका थिए ।पदस्थापन कार्यक्रमको संचालन ट्रस्ट्रीजका महासचिव गोपाल पाण्डे गरेका थिए  भने जेसीज आस्था पाठ बुटवल जेसीजका कार्यकारिणी उपाध्यक्ष अर्जुन ज्ञवालीले गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology