बुटवल,मंसिर १६-
बुटवलको कालिकानगरमा कार दुर्घटना परी घाइते भइ उपचाररत एक युवाको मृत्यु भएको छ । कालिकानगरमा मंसिर १० गते उनको कार दुर्घटना भएको थियाे ।
घाइते भएका देवदह नगरपालिका–२ का २९ वर्षीय बिपिन ज्ञवालीको उपचारको क्रममा सोमबार राती मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रतित सिहं राठोरले जानकारी दिए ।
बुटवलबाट भैरहवा तर्फ जाँदै बा १२ च ७४५६ गरेको कार तीव्र गतिका कारण कालिका मानव ज्ञान माविको अगाडी दुर्घटना भएको थियो ।
क्रिमशन अस्पतालबाट मंसिर १४ गते डिस्चार्ज भएका उनमा हिजो स्वास्थ्यमा केही समस्या देखिए पछि देवदह मेडिकल कजेल, देवदहमा भर्ना भएका थिए ।
ढाडमा भित्र चोट लागेका उनको उपचारको क्रममा सोमबार राती नै सोही अस्पतालमा मृत्यु भएको प्रहरी प्रमुख राठोरले बताए । दुर्घटनामा परी घाइते भएका कारका चालक सोही ठाउँका २१ वर्षीय सुरज सुनार भने सोही दिन साँझ नै डिस्चार्ज भएका थिए । सुनारलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
याे पनि :
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)