सुरेन्द्र परियार / युएई,बैसाख ७ ।
कतारमा सवारि दुर्घटनामा परि अशक्त बनेका रूपन्देही सैनामैेनाका टोपलाल घिमिरेलाइ सैनामैना सेवा समाज युएईले आर्थिक सहयोेग गरेको छ । सैनामैेना १ बर्मचोक निवासी उनलाइ घरमै पुगी समाजले नगद १० हजार र संस्थाका सल्लाहकार केशव भट्टराईको व्यक्तिगत ५ हजार गरि जम्मा १५ हजार सहयोग रकम प्रदान गरेकोे हो । दुर्घटनामा परि शक्त घाइते घिमिरेकोे उपचारमा केही राहात् होस् भनी नेपालमा रहेका संस्थाका प्रतिनिधिहरू उनको घरमै पुगि रकम हस्तान्तरण गरेका हुन् ।
समाजमा विभिन्न समयमा सैनामैना नगरपालिका भित्र रहेका असहाय एबं विभिन्न समस्यामा परेका व्यक्तिहरूलाइ सहयोग गर्दै आएको छ । सहयोग रकम हस्तान्तरण गर्दै संस्थाका नेपाल बिभाग प्रमुख एबं संस्थापक उपाध्यक्ष कृष्ण प्रसाद पाण्डेयले समाजले गरेको सहयोगले केही राहात मिल्नसक्ने बताउनुभयो ।
उहाले संस्थाले नगरभित्र विभिन्न समस्यामा परेकाहरूलाइ पहिचान गरि सक्दो सहयोग गर्दै आएको उल्लेख गर्नुभयो । संस्थाका संरक्षक एबं पुर्ब अध्यक्ष केशव ढकालले आफूहरूले गरेको सहयोग बैदेशिक रोजगारिको लागि युएईमा रहेका संस्थामा आबद्द सदस्यहरूको सहयोग बाट हस्तान्तरण गरिएको भन्दै सामाजिक कार्यमा संस्थाले नगरको पहिचान हुनेगरि काम गरिरहेको बताउनुभयो । सो हस्तान्तरण कार्यक्रममा संस्थाका उपाध्यक्ष मंजु थापा लगायत अन्य सदस्यको उपस्थिति थियो ।
सहयोग कार्यक्रममा वडा नं १ का वडाअध्यक्ष भुवन क्षेत्रि, वडा नं ७ का पुर्ब अध्यक्ष डिलाराम बेल्बासे ले बोल्दै संस्थाले गरेको सहयोगले समाजमा अफ्यारोमा परेकाहरूलाइ राहातको महसुस हुने बताए १ स्थानिय तहमा वडाले गर्नुपर्ने काममा समेत संस्थाले सहयोग गर्दा थप टेवा मिलेको भन्दै आगामि दिनमा थप सफलताका लागि संस्थालाई सुभकामना समेत दिएका थिए ।
पिडित घिमिरे बैदेशिक रोजगारिको शिलशिलामा कतारमा रहदा सवारि दुर्घटनामा परेका थिए, उनको कम्मर तलको भाग पुर्णरूपमा नचल्ने अबस्थामा छ , आफ्नो उपचारका लागि लाग्ने खर्च आर्थिक अभावले गर्न नसकेको भन्दैे सहयोगको याचना गरेका उनले संस्थाले गरेको सहयोग प्रति धन्यवाद व्यक्त गरे ।
सैनामैना सेवा समाजले सामाजिक क्षेत्र संगै आफ्नो मौलिक कला र संस्कृतिलाइ बिदेशमा समेत पहिचान बढाउनका लागि समयानुकूल विभिन्न कार्यक्रम गर्दै आएको छ । संस्थाको बार्षिक योजना अन्तरगत आगामि सेप्टेम्बर १० तारिकमा नेपालि नारिहरूको पर्व हरितालिका तिजको अबशर पारि नेपालबाट ख्यातिप्राप्त कलाकारहरूको सहभागितामा कार्यक्रम गर्ने निर्णय गरिएको संस्थाका अध्यक्ष युबराज भट्टराईले जानकारी दिनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)