Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपाली सेनाको गोरखा–जितगढी पदयात्रा बुटवलमा समापन (फाेटाेफिचर)

नेपाली सेनाको गोरखा–जितगढी पदयात्रा बुटवलमा समापन (फाेटाेफिचर)

  • 2.1K
    SHARES

  • नेपाली सेनाको गोरखा–जितगढी पदयात्रा बुटवलमा समापन (फाेटाेफिचर)

    बुटवल,बैसाख ७ ।

    गोरखाबाट सुरु भएको नेपाली सेनाको गोरखा–जितगढी पदयात्रा बुटवलको जितगढीमा समापन गरिएको छ । गत चैत्र २८ गते गोरखादेखि राज्य एकीकरण मार्ग हुँदै विजय उत्सव मनाउन बैशाख ७ गते बिहीबार बुटवलको जितगढी आइपुगेको हो ।

    बुटवल आइपुगेको टोलीलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, वडाध्यक्षहरु, पूर्वजनप्रतिनिधि, संघसंस्था तथा स्थानीयले पैदलयात्रामा सहभागी टोली र नेपाली सेनाका मध्यपश्चिम पृतनापति यामप्रसाद ढकालसहितको टोलीलाई स्वागत र सम्मान गर्नुभएको थियो ।army nepal.jpg

    बुटवल १ गणेशमन्दिरनजिकैबाट बाजागाजासहित शुरु भएको पैदलयात्रीसहितको विजय¥याली जितगढी किल्लामा पुगेको थियो । 
    चैत २८ गते नेपाली सेनाका क्याप्टेन राजकुमार श्रेष्ठको नेतृत्वमा ४८ जनाको टोली गोरखाबाट बुटवलको जितगढीका लागि पैदलयात्रामा निस्केको थियो । नेपालको राष्ट्रिय झण्डाको साथमा ५ प्रथम कम्पनी (श्रीनाथ, कालिबक्स, बर्दवाणी, सबुज, पुरानो गोरख) र जितगढी लडाइमा सहभागी गुरुबक्स गुल्मको झण्डा बोकेर बाजा गाजासहित सेनाको टोली पदयात्रामा निस्किएको थियो ।jitgadi killa nepali sena.jpg

    एकीकरण मार्गसहित ऐतिहासिक धरोहरको जगेर्ना गर्ने, ऐतिहासिक एकीकरणको अभियानको सन्देशलाई भावी पुस्तामा हस्तान्तरण गर्ने र राष्ट्रिय एकताको भावना थप प्रगाढ बनाउने उद्देश्यले पदयात्रा गरिएको नेपाली सेनाका मध्यपश्चिम पृतनापति यामप्रसाद ढकालले बताउनुभयो ।jet.jpg

    यात्राका क्रममा नेपाली सेनाले नागरिकसँगको सम्बन्धलाई अझ बलियो बनाउने काम गरेको र पैदलयात्रामा नागरिकले सेनालाई उत्साहपूर्वक स्वागत गर्दै शुभकामना दिएको उहाँले बताउनुभयो ।nepal army.jpg

    उहाँका अनुसार गोरखादेखि जितगढीसम्म ५५ जनाको टोली रहेको र जिल्ला–जिल्लाका ३५ जना सेनाको सहभागितामा पदयात्रा गरिएको थियो ।  नेपाली सेनाको मध्यपश्चिम पृतना बुटवलका अनुसार यात्रामा गोरखाको रिपुमर्दन गण, तनहुँको रुरु भैरव दल गण, काली भञ्जन गण, राजदल गण, स्याङ्जाको समरजित गुल्म, पाल्पाको दि फेमस महिन्द्र दल गण र रुपन्देहीको गरुड दल गण सहभागी थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology