Logo बिहिवार, आश्विन १ गते २०८३
images

लायन्स बुटवल सिद्धबाबा भृकुटीद्वारा मैनाबगर आधारभुत बिद्यालयमा कक्षाकोठा निर्माण

लायन्स बुटवल सिद्धबाबा भृकुटीद्वारा मैनाबगर आधारभुत बिद्यालयमा कक्षाकोठा निर्माण

  • 1.9K
    SHARES

  • लायन्स बुटवल सिद्धबाबा भृकुटीद्वारा मैनाबगर आधारभुत बिद्यालयमा कक्षाकोठा निर्माण

    बुटवल, बैशाख ३ ।

    बुटवल वडा न ११ मा रहेको मैनाबगर आधारभुत बिद्यालयमा कक्षाकोठा निर्माण गरि उद्घाटन तथा हस्तान्तरण गरिएको छ । लायन्स क्लव अफ बुटवल सिद्धबाबा भृकुटीले कक्षा ४ संचालनका लागि सो बिद्यालयमा एउटा कोटा निर्माण गरेर हस्तान्तरण गरेको हो ।maiona.jpg

    ३ लाख ८१ हजारको लागतमा निर्माण भएको सो कोठाको आज एक समारोहका बिचमा लायन्स ३२५ पिका पिएमजेएफ गर्भनर नवराज न्यौपानेले रिबन काटेर शुभारम्भ गर्नुभयो । सो अबसरमा बोल्दै न्यौपानेले क्लवले बिद्यार्थीको भविश्य सुनिश्चित गरेकोमा धन्यबाद दिनुभयो ।

    उहाँले महिलाले नेतृत्व गरेको क्लव सक्षम र उदाहरणीय बनेको भन्दै भृकुटी नाम जस्तै रहेको बताउनुभयो । सो अबसरमा बोल्दै क्लवका अध्यक्ष कमला पन्थले आफ्नो कार्यकालको एक महत्वपूर्ण योजना साकार गरेको बताउनुभयो । उहाँले केही योजना अझै बाकी रहेकाले बाँकी कार्यकालमा गर्ने बताउनुभयो ।maina.jpg

    कार्यक्रममा फस्ट भाईस ड्रिस्टक गभर्नर अर्जुनमान सैजु, बुटवल ११ रामचन्द्र क्षेत्री ,बिद्यालयका प्रधानाध्यापक कमला ज्ञवाली,पहरी सहायक निरिक्षक रामप्रसाद पराजुली, लायन्सकी कलस्टर चिफ तथा कोठा सिनर्माण कार्यक्रम संयोजक सुस्मा केसी,,सिनियर डिस्ट्रिक एडभाईजर एमजेएफ मिना पन्थी, सचिव सीता रायमाझी लगायतले बोलेका थिए ।a.jpg

    भवनमा एक कोठा थपिएपछि अहिलेकै सत्रबाट सो बिद्यालयमा कक्षा ४ को पठनपाठन शुरु हुनेभएको छ । बिद्यालयमा अहिले १०८ बिद्यार्थीरहेको प्रधानाध्यापक कमला ज्ञवालीले बताउनुभयो ।student.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology