Logo मंगलवार, श्रावण १२ गते २०८३
images

५४ औँ स्थापना दिवस : नेविसंघ रुपन्देहीद्वारा रक्तदान, ११७ युनिट रगत संकलन

५४ औँ स्थापना दिवस : नेविसंघ रुपन्देहीद्वारा रक्तदान, ११७ युनिट रगत संकलन

  • 1.9K
    SHARES

  • ५४ औँ  स्थापना दिवस : नेविसंघ रुपन्देहीद्वारा रक्तदान, ११७ युनिट रगत संकलन

    भैरहवा, बैशाख ३ ।

    नेपाल बिद्यार्थी सघं रुपन्देहीले भैरहवामा रक्तदान गरेको छ । नेविसंघको ५४ औ स्थापना दिवसको अवसर पारेर रक्तदान गरीएको हो । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय भैरहवामा आयोजित कार्यक्रममा १ सय १७ प्वाईन्ट रगत संकलन भएको छ । बिद्यार्थी तथा तरुण युवाहरुले रक्तदान गरेका थिए ।

    कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गंगा शाहिले बिद्यार्थी र युवाहरुमा देखीएको समाज सेवाको भावले आफुलाई उत्साहित गरेको बताईन । उनले मानव सेवाको सवैभन्दा ठुलो कामनै रगत दान भएको उल्लेख गर्दै आगामी दिनहरुमा पनि सामाजीक कामलाई निरन्तरता दिन आग्रह गरीन । 

    नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले नेपाल बिद्यार्थीसघंको ईतिहास गर्भीलो रहेको उल्लेख गर्दै बिद्यार्थी सघंले नेपालका ठुला साना परितर्वन देखी मानविय सेवाका काममा ठुुलो योगदान पुुर्याएको चर्चा गरे ।

    नेपाल बिद्यार्थी सघं रुपन्देहीका अध्यक्ष सन्दिप पाण्डेको सभापतित्व, बिद्यार्थी नेता ओजस शर्माको सचांलन तथा बिसाल गुुप्ताको सचांलनमा भएको कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति शुुसिल गुुरुङ्ग, सिद्धार्थनगरका मेयर ईस्तियाक अहमद खान, तरुण नेता सोमबहादुुर गुुरुङ्ग, नगरसापति कोशिस खड्का लागयतका नेताहरुको सहभागीता रहेको थियो ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology