बुटवल,मंसिर १६-
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले एक सब इन्जिनियरलाई पाँच हजार घुससहित पक्राउ गरेको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई स्याङ्जा अन्तर्गत भीरकोट नगरपालिकामा कार्यरत असिस्टेन्ट सव–इन्जिनियर भगवती राउतलाई रंगेहात पक्राउ गरिएको हो ।
उनले भूकम्प पुनःनिर्माण सेवाग्राहीको घर निर्माणमा रकम निकासा गरिदिन तथा गरिदिए बापत विभिन्न बहाना बनाई घुस माग गरेको भन्ने उजुरीको आधारमा पोखराबाट खटिएको टोलीले घुस लिँदा लिँदै पक्राउ गरेको जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)