Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रोटरी क्लब तिलोत्तमा रुपन्देहीद्वारा कोरोनाबारे सचेतना जगाउन माइकिङ कार्यक्रम

रोटरी क्लब तिलोत्तमा रुपन्देहीद्वारा कोरोनाबारे सचेतना जगाउन माइकिङ कार्यक्रम

  • 3.5K
    SHARES

  • रोटरी क्लब तिलोत्तमा रुपन्देहीद्वारा कोरोनाबारे सचेतना जगाउन माइकिङ  कार्यक्रम

    बुटवल भदाै १८-

    रोटरी क्लब तिलोत्तमा रुपन्देहीले कोरोनाबारे सचेतना जगाउन माइकिङ स‌चालन गरेकाे छ ।  अडियो सामग्री तयार गरेर  विहिबारदेखि बुटवल उपमहानगरपालिकामा सचेतनामुलक माइकिङ कार्यक्रम शुरु गरेको छ । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले अभियानको सुभारम्भ गर्दै कोरोना संक्रमण रोक्ने जिम्मेवारी सबै नागरिकको भएको बताए । आफूहरुले सचेतना जगाउने अभियान प्राथमिकतामा राखेर अघि बढेको भन्दै यसमा सामाजिक संघसस्थाहरुको साथ पाएको समेत बताए ।

    विज्ञहरुका अनुसार कोरोनाको आयु बढीमा ३ वर्षसम्म हुने अनुमान गरिएकाले यो अनुकुल मानिसहरु चेतना र जागरणका काम गर्नुपर्ने उनको सुझाव छ ।

    क्लबले ठिक समयमा सहि कामको थालनी गरेको उनको तर्क छ । क्लबका अध्यक्ष गोपाल ज्ञवालीले क्लबमार्फत कोरोना भाईरस संक्रमणको अभियानमा शुरुवातबाट नै निरन्तर लागेको बताए । पहिलो चरणमा विभिन्न सञ्चारगृह, सुरक्षा निकायलाई हेन्डवास मेशिन, मास्क वितरण, अन्तरक्रिया कार्यक्रमहरु गरेको बताए ।

    मानिसमा चेतना जगाउने उत्तम उपायका रुपमा माईकिङ उपयुक्त माध्यम भएको दाबी गर्दै बुटवल उपमहानगरका घर–घरमा पुग्ने गरि कार्यक्रम बनाएको उनले बताए । कार्यक्रममा क्लबका पुर्वाध्यक्ष नवीन श्रेष्ठ, बालकृष्ण अर्याल, कोषाध्यक्ष निरज श्रेष्ठले भाषण भन्दा काम गर्ने सहि समय आएको भन्दै यसलाई सबैले सदुपयोग गर्नुपर्ने बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology