बुटवल,वैशाख ५ ।
बैशाख दास्रो साता बुटवलमा नेपाल स्वयंसेवी रक्तदाता समाजको चौथो अधिवेशन हुने भएको छ । बैशाख १६ र १७ गते दुई दिन केन्द्रिय अधिवेसन हुने भएको हो ।
मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि केन्द्रीय अध्यक्ष प्रेम सागर कर्माचार्यले आफनो अनुवाईमा रक्तदान अभियानका स्वयंसेवीहरु जोडेर संस्था स्थापना गरेको बताए । संस्थागत रुपमा उठाएका मुद्दाहरु सरकारबाट सम्बोधन गराउन सहज र सफल हुने उनको दाबी छ ।
रगतको समस्याको विषयमा धेरै कठिनाई पार गर्दै अहिलेको अवस्थामा पुगेको उनले बताए । कार्यक्रममा रुपन्देही शाखाको अध्यक्ष तथा अधिवेशन संयोजक कृष्ण चौहान क्षेत्रीले नमुना जिल्लाको पहिचान बनाएको रुपन्देहीमा केन्द्रीय अधिवेशनको तयारी भईरहेको बताए । प्रत्येक शनिबार नियमित रक्तदानअभियानमार्फत १ सय २१ पटक आयोजना गरि २५ हजार युनिट रगत संकलन गर्न सफल भएको उनले बताए ।
रक्तदाताबाट निशुल्क रगतको बिरामीले मुल्य तिर्नुपर्नु अवस्थाको अन्त्यका लागि अभियान चलाएर धेरै स्थानिय, प्रदेशमा सफल भएको उनले दाबी गरे ।
संघिय सरकारबाट रगतको निशुल्क गराउन दबाब दिने गरि अभियान थाल्नुपर्ने भन्दै २५ करोड वर्षमा बजेट बिनियोजन गरे देशमै रगत निशुल्क हुने तर्क दिए । समाजको ३४ जिल्ला शाखा, नगरपालिका, गाउपालिका, वडा ईकाई गरि ७७ वटा गठन भएर सेवामा जुटेका छ ।
समाजका केन्द्रिय उपाध्यक्ष ध्रुव थपलियाले आफनो परिवारको साथ सहयोयमा अहिलेसम्म १ सय १० पटक रक्तदान गरेका बताए । सामाजिक कार्यमा अग्रसर हुन परिवारको साथसहयोग महत्वपूर्ण हुने भन्दै उनले ब्यक्तिको सोच सकारात्मक बन्न सकेमात्र आम नागरिकको पिडा कम हुने बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)