Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले वैशाख ११ मा विश्वासको मत लिने

लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले वैशाख ११ मा विश्वासको मत लिने

  • 1.1K
    SHARES

  • लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले वैशाख ११ मा विश्वासको मत लिने

    बुटवल,वैशाख ४ ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले यही वैशाख ११ गते विश्वासको मत लिने भएका छन् । प्रदेश सभाको बैठक ११ गते बिहान ११ बजे बैठक बस्ने प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए । सोही दिन मुख्यमन्त्री गिरीले विश्वासको मत लिने भएका हुन् ।  

    ८७ सांसदमध्ये लुम्बिनीमा बहुमतका लागि ४४ मत चाहिन्छ । नेकपा (माओवादी केन्द्र) सहित साना दल सरकारबाट बाहिरिएपछि गिरी अल्पमतमा छन् । सरकारलाई दिएको समर्थन १२ चैतमा फिर्ता लिएपछि नेकपा एमाले संसदीय दलका नेता गिरीले विश्वासको मत लिन लागेको मुख्यमन्त्रीका स्वकीय सचिव अमृत गिरीले बताए । 

    लुम्बिनीमा एमालेका २९ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ४ जना सांसदले मात्रै सरकारलाई समर्थन गरेका छन् । लुम्बिनीमा कांग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै विभिन्न ८ दलका ५३ सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology