Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुद्ध टेलिभिजनमा शुभकामना आदान-प्रदान तथा भित्तेपात्रो बिमोचन

बुद्ध टेलिभिजनमा शुभकामना आदान-प्रदान तथा भित्तेपात्रो बिमोचन

  • 5.5K
    SHARES

  • बुद्ध टेलिभिजनमा  शुभकामना आदान-प्रदान  तथा भित्तेपात्रो बिमोचन

    बुटवल,बैसाख ४।

    बुद्ध सामुदायिक टेलिभिजनले नयाँवर्ष २०८० को अवसरमा शुभकामना आदानप्रदान तथा क्यालेण्डर (भित्तेपात्तो) बिमोचन गरेको छ । नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्दै टेलिभिजनले भित्तेपात्रो बिमोचन गरेको हो ।

    टेलिभिजनका  अध्यक्ष ओम ज्ञवालीले दर्शक, बिज्ञापनदाता, शेयर सदस्य , कर्मचारीमा नयाँ वर्षको शुभकामना ब्यक्त गर्नुभयो । उहाँले टीमवर्कबाट नै टेलिभिजन अहिलेको अवस्थामा आइपुगेको भन्दै सकारात्मक चिन्तचनका साथमा अघि बढ्नुपर्ने 
    उल्लेख गर्नुभयो । 

    अहिलेको आर्थिक मन्दीले टेलिभिजनमा पनि प्रभाव पारेको बताउँदै उहाँले कर्मचारीको निरन्तरको मेहनतले टेलिभिजन अघि बढेको दाबी गर्नुभयो  ।

    संचालक समितिका कोषाध्यक्ष अरुण कुमार श्रेष्ठले टेलिभिजनलाई अघि बढाउनको लागि कर्मचारीको ठुलो हात रहेको बताउँदै अबका दिनमा थप उत्साहको साथमा टेलिभिजन अघि बढ्ने बताउनुभयो । 

    कार्यकारी प्रमुख विक्रम खड्काले शुभकामना आदान प्रदान कार्यक्रम सहित भित्तेपात्रो बिमोचन गरिएको जानकारी दिनुभयो । टेलिभिजनका कार्यक्रम प्रमुख खेमराज रेग्मीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।btv.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology