बुटवल,बैसाख ४।
मुहान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले एक दिने निस्शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।नयाँवर्ष २०८० को अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आफ्नै कर्पोरेट अफिस तिनकुनेमा शिविर सम्पन्न गरेको हो ।
कार्यक्रमको अध्यक्षता शहकरीका अध्यक्ष प्रकाश अधिकारी र प्रमुख अतिथी उपमेयर सबित्रादेबी अर्याल रहनुभएको थियो भने बिशिस्ट अतिथि साझा हस्पिट्ल प्राली बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर लक्ष्मण शर्मा रहनु भएको थियो । उक्त कार्यक्रमको प्राविधिक सहयोग साझा हस्पिटल प्रा।ली ले गरेको थियो भने सह-आयोजकको रुपमा मिलिजुली सित्तल टोल तिनकुनेले साथ दिएको थियो ।
सहकारीका सदस्यहरु तथा स्थानियहरुको स्त्री तथा प्रसुती (महिलाको पाठेघर)सम्बन्धी सम्पुर्ण रोग ,जनरल सर्जरी सम्बन्धी उपचार तथा परामर्श ,हाडजोर्नी तथा नशा रोग ,नाक, कान, घाटी तथा बाल रोगको निशुल्क स्वास्थ्य परिक्षण गरेको छ। जसमा ५०० जना भन्दा बढी शेयर सदस्य एबम स्थानिय बिरामिहरुले निशुल्क चेक जाँच परामर्श औषधि तथा सुगर परिक्षणको सेवा लिएको उक्त सहकारिका स्वास्थ्य संयोजक मदन घिमिरेले बताए ।
मुहान बहुउद्देश्यीय सहकारी सस्थाका शेयर सदस्य र उनका परिवारहरुलाई उपचार खर्चमा विशेष छुट सुबिधा दिने भनी साझा हस्पिटल प्राली र मुहान बहुउद्देश्यीय सहकारी बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटबल उपमहानगर पालिका उपप्रमुख साबित्रा देबि अर्यालले मुहान सहकारीले जुन खालको स्वास्थ्य शिबिर सन्चालन गरि उपचार गर्ने बाताबरण मिलाएकोमा धन्यबाद व्यक्त गदै यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह गरिन ।
डा. लक्ष्मण शर्माले जनताको घर दैलोमा आएर मलम पट्टि लगाउने अबसर दिनु भएकोमा सस्थाको उत्तरोत्तर प्रगतीको कामना गर्नुभयो ,कार्यक्रमको सञ्चालन सहकारिका सचिव विशाल पन्थीले गर्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)