बुटवल,बैसाख ४।
स्याङ्जा पिडिखोला रूपन्देही सम्पर्क समाजको भित्तेपात्रो बिमोचन गरिएको छ । नयाँबर्ष २०८० को अबसरमा बुटवलमा आयाृेजित एक कार्यक्रमका बिच नयाँ क्यालेण्डर बिमोचन गरिएको हो ।
अध्यक्ष उमाकान्त सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार संयोजक नुमाकान्त चापागाईं,निबर्तमान अध्यक्ष लिलाधर पौडेल, सल्लाहकार हिमलाल न्यौपाने,घनश्याम चापागाइ, स्याङजाली परिवार रुपन्देहीका अध्यक्ष टिकिसरा न्यौपाने,बरिष्ठ उपाध्यक्ष जयप्रकाश भट्टराइ,लेखा संयोजक ठान प्रसाद भुसाल, क्यालेण्डर संयोजक लोकराज चापागाईं, समाजका सचिव प्रदीप सुबेदी लगायतले बोल्दै समाजले सामाजिक काम गरिरहेको बताएका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)