Logo बिहिवार, आश्विन १ गते २०८३
images

रास्वपा सभापति लामिछानेको घरको छतबाट खसेर सवारी चालक दिलबहादुर गम्भीर घाइते

रास्वपा सभापति लामिछानेको घरको छतबाट खसेर सवारी चालक दिलबहादुर गम्भीर घाइते

  • 1.2K
    SHARES

  • रास्वपा सभापति लामिछानेको  घरको छतबाट खसेर सवारी चालक दिलबहादुर गम्भीर घाइते

    चितवन, बैशाख ४ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा घरको छतबाट खसेर गम्भीर घाइते हुनुभएको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार भरतपुर ११ मा रहेको लामिछानेको आवासको छतमा सुतेका चालक सोमबार बिहान अन्दाजी ४ बजेको समयमा घरको तीन तलामाथिको छतबाट खस्नुभएको हो । 

    सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका – ३ घर भएका ३९ वर्षका चालक थापाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    उहाँको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको छ । उहाँको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरी प्रवक्ताका अनुसार घटनास्थलमा चितवन प्रहरी प्रमुख रामेश्वर कार्कीको नेतृत्वमा पुगेको टोलीले अनुसन्धान गरिरहेको छ ।

    सभापति लामिछाने चितवन –२ मा वैशाख १० गतेको उपनिर्वाचनमा उम्मेदवार हुनुहुन्छ । उहाँ यसअघि पनि यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । अवैध नागरिकताका कारण उहाँको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएका कारण उपनिर्वाचन हुन लागेको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology