बुटवल,बैशाख ४ ।
बुटवलमा खल्ती हबको औपचारिक उद्घाटन भएको छ। ललितपुरको बखुन्डोलमा रहेको कर्पोरेट कार्यालय र काठमाडौंको कलङ्कीमा रहेको खल्ती हब बाहेक, खल्तीले पोखराको राष्ट्र बैंक रोडमा हब सञ्चालन पछि लुम्बिनी प्रदेश (सुवर्ण पथ, बुटवल) मा पहिलो पटक आफ्नो भौतिक उपस्थिति जनाएको हाे।
खल्तीले एप्लिकेसन, वेब च्यानल र हबको साथमा खल्तीले लुम्बिनी प्रदेशमा ८ हजार खल्ती पसल र नेपालभर ७० हजारभन्दा बढी खल्ती पसल मार्फत विभिन्न भुक्तानी सेवाहरू उपलब्ध गर्दै आएको जनाएको छ।
खल्ती प्रयोग गर्न जनतालाई सहयोग उपलब्ध गराउन खल्ती हब विस्तार गरिएको हो। खल्ती हबले सबै उपभोक्ता, एजेन्ट, व्यपारीहरूलाई खल्तीका कुनै पनि सेवाहरू जस्तै साइन अप र केवाईसी अपडेट, उपयोगिता बिल भुक्तानी, बैंक ट्रान्सफर, फ्लाइट, चलचित्र र इभेन्ट टिकट बुकिङ, र अन्य धेरै सेवाहरू प्रदान गरेको जनाएको छ ।
उद्घाटनको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने,-“क्षेत्रीय स्तरमा खल्ती हब स्थापना गर्नुको पछाडिको हाम्रो उद्देश्य भनेको हाम्रा प्रयोगकर्ता, एजेन्ट र व्यापारी साझेदारहरूलाई अझ राम्रो सेवा प्रदान गर्नु हो। म आशा गर्दछु कि खल्ती हबले सहज भुक्तानी र अन्य डिजिटल सेवाहरू कार्यान्वयन गर्न स्थानीय जनताको हितमा सेवा गर्नेछ।“
iso 9001 बाट मान्यता प्राप्त साथै भर्खरै WITSA Global Innovation & Tech Excellence Awards 2022 बाट सम्मानित , खल्ती आफ्नो सेवाको छैठौं वर्षमा पुगेको इश्वरी ज्ञवालीले बताए ।
हाल खल्तीमा देशभरिका ३१ लाख भन्दा बढी प्रयोगकर्ताहरू, ७० हजार भन्दा बढी एजेन्ट, ६० हजार भन्दा व्यापारी, ५० भन्दा बढी बैंक तथा वितिय संस्था, एक हजार भन्दा बढी सहकारीहरू र २५० भन्दा बढी कर्मचारी को परिवारमा वृद्धि गरेको छ।
सबै नेपालीहरूमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र एइभेन्ट टिकट बुकिङ, बीमा शुल्क, इ–कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)