Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली र क्वालालम्पुर उडान हुँदै

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली र क्वालालम्पुर उडान हुँदै

  • 1.3K
    SHARES

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली र क्वालालम्पुर उडान हुँदै

    काठमाडौँ, वैशाख ३ ।

    नेपाल वायुसेवा निगमले आगामी जेठ दोस्रो सातादेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँ दिल्ली र मलेसियाको क्वालालम्पुर उडान गर्ने भएको छ । 

    निगमका प्रवक्ता रमेश पौडेलका अनुसार भैरहवाबाट नयाँ दिल्ली र क्वालालम्पुरमा नियमित उडानको तयारी गर्न कार्यदल गठन गरिएको छ । जेठ दोस्रो साताबाट कम्तीमा दुई गन्तव्यमा उडान सुरु गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार दुई देश र इनरुट पर्ने देशमा आवश्यक अनुमतिका लागि निगमले निवेदन दिइसकेको छ । सातामा कम्तीमा एक उडान हुने गरी प्रक्रिया अगाडि बढेको छ ।

    आवश्यक उडान अनुमति, जनशक्ति, प्राविधिक तयारी, बजारीकरणलगायत काममा तीव्रता दिन वाणिज्य विभागका उपनिर्देशक सन्तोष पाण्डेको नेतृत्वमा विशेष कार्यदल गठन गरिएको उहाँले बताउनुभयो । आवश्यक उडान अनुमतिका लागि मलेसिया र भारत एवं हवाई मार्गमा पर्ने सम्बन्धित देशहरूमा समन्वयको कार्य अगाडि बढाइसकिएको र अनुमति प्राप्त हुनासाथ टिकट बुकिङ खुला गरिनेछ ।

    हाल साताको एक उडानबाट सुरु गरी बजार मागअनुसार उडान बढाउँदै लगिने योजना रहेको प्रवक्ता पौडेलले बताउनुभयो ।   

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology